आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ।

वृष : बोल्दा ख्याल नगर्दा साथीभाइ टाढा हुनसक्छन्। स्वाभिमान जोगाउने प्रयास गर्नुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन्। राज्यका तर्फाट सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट लाभ हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काममा चलाख बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। धार्मिक यात्रा हुने योग रहेको छ।

सिंह : आम्दानी बढे पनि अनावश्यक चिन्ताले मन अशान्त बन्नसक्छ। शनिको प्रभावले सोचेका काममा अवरोध हुनसक्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्या : कृषि क्षेत्रको व्यापारबाट नाफा हुनेछ दिन छ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ। शिक्षामा गरेको मिहिनेतको आंशिक फल प्राप्त हुनेछ। परिवारसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। समाजले तपाईंलाई सम्मान गर्नेछ। राजनीतिक क्षेत्रमा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। शिक्षामा गरेको गहिरो अध्ययनले मनमा शान्ति मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीसँग सहकार्य गर्नुपर्ने दिन छ। मनको कुरा व्यक्त नगर्दा घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। साथीले साथ दिएको समयमा ठुलो काममा हिम्मत गर्नु उचित हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : मनमा शान्ति मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले दीर्घकालीन योजना बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय गर्ने दिन छ। शनिदेवलाई सुखी पार्न बिहान उठेर शिवको भजन सुन्नुपर्नेछ।

मीन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। बाहिरी कुराले मनमा खटपटी बढ्नेछ। परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ०६ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको