आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ।

वृष : बोल्दा ख्याल नगर्दा साथीभाइ टाढा हुनसक्छन्। स्वाभिमान जोगाउने प्रयास गर्नुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन्। राज्यका तर्फाट सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट लाभ हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काममा चलाख बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। धार्मिक यात्रा हुने योग रहेको छ।

सिंह : आम्दानी बढे पनि अनावश्यक चिन्ताले मन अशान्त बन्नसक्छ। शनिको प्रभावले सोचेका काममा अवरोध हुनसक्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्या : कृषि क्षेत्रको व्यापारबाट नाफा हुनेछ दिन छ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ। शिक्षामा गरेको मिहिनेतको आंशिक फल प्राप्त हुनेछ। परिवारसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। समाजले तपाईंलाई सम्मान गर्नेछ। राजनीतिक क्षेत्रमा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। शिक्षामा गरेको गहिरो अध्ययनले मनमा शान्ति मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीसँग सहकार्य गर्नुपर्ने दिन छ। मनको कुरा व्यक्त नगर्दा घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। साथीले साथ दिएको समयमा ठुलो काममा हिम्मत गर्नु उचित हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : मनमा शान्ति मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले दीर्घकालीन योजना बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय गर्ने दिन छ। शनिदेवलाई सुखी पार्न बिहान उठेर शिवको भजन सुन्नुपर्नेछ।

मीन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। बाहिरी कुराले मनमा खटपटी बढ्नेछ। परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ०६ बजे

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह

काठमाडौं– राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर