म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण « Khabarhub

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ ।

परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।

प्रदेश सरकारको ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा सङ्कलन गरेर जुटाएको २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ ।

विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ ।

पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनर्निर्माण  गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्वर्गीय मनबहादुर थकाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । वस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ ।

पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्दथे ।

स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गरेका थिए ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ०२ बजे

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार