बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण « Khabarhub

बागलुङको बडिगाड र मालारानी जोड्ने पुल निर्माण


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ७ भिमगिठे र वडा नम्बर ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्यूठान र गुल्मी आउजाउ गर्न सहज भएको छ ।

२०७७ साल कात्तिक २७ गते सडक डिभिजन कार्यालयले सात करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७९ साल फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकोमा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो ।

पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ ।

स्थानीय प्रेमबहादुर केसीले बडिगाड खोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार लैजानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : ४७ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक