लुम्बिनीमा तीन दिन बुद्धजयन्ती मनाइँदै « Khabarhub

लुम्बिनीमा तीन दिन बुद्धजयन्ती मनाइँदै


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणकाे त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका  प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने उनको भनाइ छ ।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा तथा बिहान साढे ७ बजे शोभायात्रा हुने जनाइएको छ । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : १८ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको