टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन « Khabarhub

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

टीआरसी  छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रदर्शनकारीहरूले सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सरकार र दल नियन्त्रित प्रकृयाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।

साथै द्वन्द्व पीडित समुदायले आफूहरूको माग सम्बोधन नभए पीडितहरूको अगुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : १० बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर