इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने « Khabarhub

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतबार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ ।

 उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु हो। मन्त्री अराघचीका अनुसार इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट र स्थिर अडानमा दृढ रहन्छ, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेका छन्।

उनले यस वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए । उनी रियाधमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नुहुनेछ र दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा सहभागी हुने तयारीमा छन् । 

हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले प्राविधिक कारण देखाउँदै स्थगित गरेको थियो।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : १६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर