सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री « Khabarhub

सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्‌घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन्।

देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानीत नागरिकका रुपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए ।

उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके बितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राखे ।

उनले बजेट निर्माणका सन्दर्भमा व्यवसायीहरूको सुझावलाई महत्वका साथ आफूले हेरेको बताए ।  

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ४४ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न