विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख « Khabarhub

विश्लेषणको आधारमा मुलुकलाई अघि बढाउन आवश्यक : सभामुख


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिकर्मीहरूले देशको अहिलेको अवस्थाको सही ढङ्गले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् । 

पूर्व सांसद मञ्च, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौति र समाधान बिषयक कार्यक्रममा सभामुख घिमिरेले देशको अवस्थामा बारेमा सकारात्मक र नकारात्मक दुवै ढंगले विश्लेषण हुने गरेको भन्दै अब देशको अहिलेको अवस्थाको सही ढङ्गले विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका हुन् ।

विश्लेषणका आधारमा मुलुकलाई अघि बढाउन उपयुक्त निर्णय लिनसक्नुपर्ने उनको भनाइ छ । सभामुख घिमिरेले चैत्र १५ गते भएको हिंसात्मक घटनाको चर्चा भइरहेको अवस्थामा अहिलेको प्रणालीको विरुद्धमा समेत भएका टिकाटिप्पणी यथार्थपरक नभएको उल्लेख गरे ।

व्यवस्था परिवर्तन भएपछि अवस्था परिवर्तन भएन भन्ने विश्लेषण जनताले गरेपनि यथार्थमा त्यस्तो नभएको उनले बताए। सभामुख घिमिरेले विभिन्न आन्दोलनबाट आएको व्यवस्थाकै कारण मुलुकको अवस्थामा व्यापक परिवर्तन भएको जिकिर गरे। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भाष्यमा टेकेर इतिहासलाई फर्काउन चाहने शक्तिहरूले टाउको उठाइरहेकाले संसद्का गतिविधिहरू गम्भीर हुनुपर्ने उनले बताए । 

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै मिलेर देशमा सुशासन कायम गर्न सके जनताले विश्वास गर्ने बताए । उनले जनताको चाहना पुरा गर्ने दायित्व सरकारको भएको धारणा राखे । सरकारमा रहँदा एउटा कुरा गर्ने र प्रतिपक्षीमा रहँदा अर्को कुरा गर्ने परिपाटीले जनतामा भ्रम सिर्जना हुने गरेको उनले बताए । 

उनले नेताहरूले जथाभावी बोल्ने गरेका कारण राजावादीहरू भ्रम फैलाउन सक्रिय भएकाले लोकतन्त्रवादीहरुले मिलेर जवाफ दिनुपर्ने उल्लेख गरे । 

भिडियाेमा हेर्नुहाेस्:

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १ : ५० बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न