'जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने' | Khabarhub Khabarhub

‘जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने’


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताएका छन्। साथै उनले जलवायु संट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन । 

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्‌घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

‘जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन  पत्रकारहरूको सक्रियता आवश्यक छ । सत्यतथ्यमा आधारित समाचार सामग्रीहरूको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,’ उनले भने।

जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरुमाथि निगरानी  बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरूलाई सुझाव दिए । सनसनी फैलाउने समाचारले गतल सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरू सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले पत्रकारहरू पेशागत रुपमा निरपेक्ष हुनुपर्नेमा जोड दिए ।

‘प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस स्वतन्त्रता अनिवार्य छ, स्वतन्त्र प्रेस नागरिकहरूलाई सही सूचना प्रदान गर्ने, सरकारको जवाफदेहिता सुनिश्चित गर्ने तथा आमनागरिकको आवाज उठाउने  एक महत्वपूर्ण माध्यम पनि हो,’ स्वतन्त्र प्रेसका माध्यमबाट लोकतन्त्र सुदृढ हुने बताउँदै उपराष्ट्रपतिले भने।

सामाजिक सञ्जालहरूमा प्रमाणबिना समाचार फैलाउने, गलत जानकारीलाई सत्यका रुपमा प्रस्तुत गरी आमनागरिकमा भ्रम सिर्जना गर्ने, ‘डीपफेक’ प्रविधिद्वारा गलत चित्र र भिडियो उत्पादन गरी सार्वजनिक धारणा प्रभावित भइरहेको चुनौतीपूर्ण अवस्थामा तथ्य जाँच्ने प्रणालीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए । 

परराष्ट्रमन्त्री  आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुनसक्ने बताए। 

प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमहरूको परिवर्तनसँगै नवीन माध्यमले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिएकाले लोकतन्त्रको आधारशिलालाई  क्षति गर्ने तिनको गलत प्रयोग र प्रवृत्ति नियन्त्रण गर्नुपर्छ भने ।

परराष्ट्रमन्त्रीले लोकतन्त्रमा बहस, आलोचना र भिन्न दृष्टिकोणलाई आत्मसात् गरिने भएकाले बहुलवादलाई पक्षपोषण गर्ने  स्वतन्त्र प्रेसले आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक समृद्धिको वातावरण सिर्जनालाई केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गरे । 
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : १७ बजे

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र