प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल) « Khabarhub

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले श्रद्धाञ्जली विज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

महासचिव सिंहले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन निरन्तर सङ्घर्षशील नेपाल एक पत्रकार, लेखक र साहित्यकार रहेको उल्लेख गरेका छन् । उनको राजनीतिक, सामाजिक तथा साहित्यिक योगदानलाई नेपाली समाजले सदैव याद गर्ने विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत नेता नेपालको देहावसानले लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनका साथै साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको महासचिव सिंहले उल्लेख गरेका छन् । नेता नेपालकाे गत वैशाख २३ गते मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : ४६ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा