द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द « Khabarhub

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको छ ।

भारतीय नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन् ।’

मन्त्रालयले सबै एयरलाइन्स तथा उडान सेवा प्रदायकहरूलाई हालको हवाई यातायात सूचना अनुसार वैकल्पिक मार्गको योजना बनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ३ : ५५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्