वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही | Khabarhub Khabarhub

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। 

रेड कार्यान्वयन केन्द्रद्वारा आयोजित दोस्रो वन सम्वर्द्धन राष्ट्रिय गोष्ठीको उद्‌घाटन गर्दै उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए।

‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त गर्दै मन्त्री शाहीले देशको वन क्षेत्रको समग्र सुधार र आगामी दशकको दिगो दिशा तय गर्न गोष्ठी उपयोगी हुने बताए।

 उनले भने,’वन क्षेत्रको वर्गीकरण, ‘थिनिङ’, कटानी, पुनःरोपण, प्रजातिको सन्तुलन, तथा ‘रोटेसन’लगायत वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशीलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ ।’

वन हरित पूर्वाधार, जीवन, जलवायु र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै मन्त्री शाहीले वनसम्बन्धी नीति, संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरूसँग सहकार्य गर्न सहज हुने बताए। 

उनले मुलुकमा पर्याप्त वन क्षेत्र भए पनि काठ र फर्निचर विदेशबाट आयात गरिरहनपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए ।  
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ४ : १० बजे

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

एजेन्सी– क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप

भिजिट भिसा प्रकरणमा देउवाले भने- गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्धारित समयमा नै

जापान जाने प्रशिक्षार्थी कामदारमाथि ‘सिन्डिकेट’को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान

कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव

एजेन्सी – दक्षिण कोरियाली सरकारले सन्‌ २०२४ जनवरीदेखि देशभर कुकुरको

इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ

तेलअभिभ- इजरायली रक्षा मन्त्री इजराइल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला