आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ? « Khabarhub

आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ?


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार पनि भारत र पाकिस्तानबीच आक्रमण–प्रत्याक्रमण जारी छ । दक्षिण एशियामा अवस्थित दुवै मुलुकसँग आणविक हतियार छन् । यद्यपि तत्कालै दुबै मुलुकले आणविक प्रयोग गरिहाल्ने अवस्था आइसकेको छैन । तर, लडाइँ चर्किँदै जाँदा आणविक हतियारको प्रयोग हुने सम्भावना पनि उत्तिकै छ ।

नेपाल पनि दक्षिण एशियामा अवस्थित छ । यसरी दक्षिण एशियामा आणविक युद्ध भए त्यसको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । आणविक हतियारले अकल्पनीय ध्वंश निम्त्याउँछ । यस्तो आक्रमणमा पर्ने मान्छे बाँच्ने सम्भावना धेरै नै कम हुन्छ ।

आज हामी दक्षिण एशियामा आणविक युद्धको अवस्था आए के गर्ने ? कसरी जोगिने भन्नेबारे जानकारी दिन गइरहेका छौँ । यसबारे अमेरिकी रेडक्रसले केही सूचना जारी गरेको छ ।

दूरी
आणविक युद्धका क्रममा दूरीले निकै ठूलो भूमिका खेल्छ । यसको अर्थ आणविक हतियार प्रहार भएको ठाउँबाट तपाईँ जति टाढा हुनुहुन्छ, तपाईँको बाँच्ने सम्भावना उति धेरै हुन्छ ।

पर्खाल
आणविक हतियार विष्फोट भए दूरीसँगै तपाईँ कस्तो स्थानमा हुनुहुन्छ भन्ने कुराले पनि तपाईँ बाँच्ने नबाँच्ने निर्धारण गर्छ । आणविक हतियार विष्फोट भएका बेला तपाईँ कंक्रिटको बाक्लो पर्खाल, माटोको थुप्रोको बीचमा हुनुहुन्छ भने तपाईँको बाँच्ने सम्भावना धेरै हुन्छ । खुला ठाउँमा हुनुहुन्छ भने त्यो सम्भावना कम हुन्छ । त्यसमा पनि जमिनको सतहमाथि भन्दा जमिनमुनी बस्ने मान्छे आणविक हतियारको प्रहारबाट जोगिने सम्भावना धेरै हुन्छ ।

समय
आणविक बम विष्फोट हुनेबित्तिकै आणविक रेडिएसन ह्वात्तै बढ्छ । समयसँगै त्यो कम हुँदै जान्छ । आणविक बम विष्फोट भएको ठाउँमा दुई सातासम्म रेडिएसन १ प्रतिशतसम्म घटेर जान्छ । आणविक बम विष्फोट भइहाले केही समयसम्म रेडिएसनबाट जोगिएर रहनु हितकर हुन्छ ।

आणविक विष्फोट हुनुअघि के गर्ने ?

अत्यावश्यक सामान जम्मा पार्ने
आणविक बम विष्फोट हुने सम्भावना देखिएको छ भने तपाईँले आपतकालका लागि खानेकुरा, पानी, रेडियो, औषधि टर्चलाइटजस्ता अत्यावश्यक सामान जम्मा पार्न सक्नुहुन्छ । यस्ता सामानलाई सहजै भेटिने ठाउँमा राख्नुपर्छ ।

योजना बनाउने
आणविक हमला भइहाले के गर्ने भन्नेबारे परिवार, छरछिमेकी र साथीभाइसँग योजना बनाउन सकिन्छ । आणविक युद्ध भएर विछोड भए कहाँ, कति समयपछि भेट्ने भन्नेबारे नजिकका मान्छेसँग योजना बनाउनुहोस् ।

स्थान पहिचान गर्ने
आणविक हमला भएको अवस्थामा कहाँ गएर लुक्ने, कहाँ जाँदा आफ्नो ज्यान जोगिनसक्छ भन्ने कुरालाई मध्यनजर गर्दै स्थान पहिचान गर्न सकिन्छ । यसमा जमिनमुनी खनिएको सुरुङ, झ्यालढोका नभएको कोठा वा अरु कुनै उपयुक्त ठाउँ हुनसक्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ३० बजे

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा