‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’ « Khabarhub

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

‘हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ’, मन्त्री खड्काले भने। 

धार्मिक पर्यटकले रामकोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पुर्‍याउने बताए।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्त गरे। सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तिमा सबै लाग्नुपर्ने धारणा राखे। 

‘हामी विभिन्न संस्कृति, धर्म र जातमा विभाजन भए पनि एकतामा बाँधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो’, उनले भने।

मन्त्री खड्काले सुन्दर स्थानमा धाम निर्माण गर्ने, अहोरात्र खटिने सम्पूर्ण व्यक्तित्त्वलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे। उनले धामको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा आफ्नो र सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दीनबन्धु पोखरेलले धामको भौतिक पूर्वाधार निर्माणमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताए। उनले धामको संरक्षणका लागि तटबन्धनको आवश्यकता रहेको भन्दै सरकारलाई तटबन्धनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे । 
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ५८ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक