‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’ « Khabarhub

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

‘हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ’, मन्त्री खड्काले भने। 

धार्मिक पर्यटकले रामकोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पुर्‍याउने बताए।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्त गरे। सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तिमा सबै लाग्नुपर्ने धारणा राखे। 

‘हामी विभिन्न संस्कृति, धर्म र जातमा विभाजन भए पनि एकतामा बाँधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो’, उनले भने।

मन्त्री खड्काले सुन्दर स्थानमा धाम निर्माण गर्ने, अहोरात्र खटिने सम्पूर्ण व्यक्तित्त्वलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे। उनले धामको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा आफ्नो र सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दीनबन्धु पोखरेलले धामको भौतिक पूर्वाधार निर्माणमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताए। उनले धामको संरक्षणका लागि तटबन्धनको आवश्यकता रहेको भन्दै सरकारलाई तटबन्धनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे । 
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ५ : ५८ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको