पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल « Khabarhub

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । 

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आयोजना गरेको राष्ट्रिय निकुञ्जसम्बन्धी नीतिगत समस्या तथा सुझावको मस्यौदा प्रतिवेदनमाथि सरोकार भएका निकायका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘मापदण्ड पालना नगर्दा अहिले देशभरि बाढीपहिरो, बेमौसमी अतिवर्षा, खडेरीलगायत प्राकृतिक विपद्बाट पीडित हुनुपरेको यथार्थ हामीसामु भएकाले मापदण्ड पालनाका लागि आग्रह गर्दछु ।’

उनले प्रकृतिको संरक्षण गरियो भने भावी पिँढीका लागि दिगो योजना निर्माण गर्न सहज हुने उल्लेख गर्दै भने, ‘हामीलाई वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने अतिआवश्यक हुन्छ, फेरि प्रविधिमा आएको परिवर्तनले मानिसलाई सुविधाभोगी बनाएको छ । तसर्थ पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड पालना गर्नुपर्ने आवश्यक छ ।’ ती सुविधाहरूको उपभोग गर्न विकास अनिवार्य हुने बताउँदै अध्यक्ष दाहालले मापदण्ड पालन गर्दै विकास निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

विकासको नाममा निम्तिने विनाश र संरक्षणलाई ठिक सन्तुलन मिलाउन सकिएन भने प्राकृतिक विपद्ले मुलुकलाई क्षतविक्षत बनाउन सक्ने उनको भनाइ छ । ‘त्यसैले हामीले विकासका कार्य गर्दा विकासलाई दिगो र परिणाममुखी बनाएर संरक्षणसहितको विकासको ढाँचा बनाएर अघि बढ्नुपर्ने हुन्छ’, उनले भने। 

अध्यक्ष दाहालले संरक्षणको कुरा गर्दा निरपेक्ष रूपमा विकासका कामलाई अगाडि बढाउँदा उपयोग र विकाससहितको संरक्षणमा ध्यान जान जरुरी रहेको उल्लेख गरे । संरक्षणलाई मानव जाति, वन तथा वातावरण र वन्यजन्तु सबैको हित हुनेगरि अगाडि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : २८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका