तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम « Khabarhub

तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकाको मध्यस्थतामा दक्षिण एशियाका दुई मुलुक युद्धविरामका लागि सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले दुई मुलुक तत्काल पूर्ण युद्धविराम गर्न तयार भएको घोषणा गरेका हुन् । उनले राति भएको लामो वार्तापछि दुई मुलुक युद्धविरामका लागि सहमत भएको जनाएका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा राति लामो वार्तापछि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा मलाई खुशी मिलेको छ ।’

भारत र पाकिस्तान दुबै मुलुकले युद्धविरामको पुष्टि गरेका छन् । पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले यसबारे जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार शनिबार बेलुकी ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् ।

उनले जमिन, आकाश र समुद्रमा सबै किसिमका लडाईँ र सैन्य गतिविधि रोकिने जानकारी दिए । उनले दुबै पक्षलाई यसबारे जानकारी दिइएको पनि उल्लेख गरे ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारत र पाकिस्तान गोली हानाहान गर्न र सैन्य कारवाही रोक्ने विषयमा सहमत भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै जयशंकरले भारत सबै किसिमका आतंकवादको सदैव विपक्षमा रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिने जनाएका छन् ।

उता पाकिस्तानी विदेशमन्त्री इशक दारले पनि भारतसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा यसबारे जानकारी दिएका हुन् । उनले सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै असर नपर्नेगरी आफ्नो मुलुक पाकिस्तान जहिले पनि यस क्षेत्रमा शान्ति र सुरक्षाको पक्षमा रहेको समेत बताएका छन् ।

जियो न्यूजसँगको कुराकानीमा उनले युद्धविरामका लागि तीन दर्जनभन्दा धेरै मुलुकले सक्रियता देखाएको पनि जानकारी दिए । उनले यस क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भूमिकाको प्रसंशा गरे ।

यससँगै हवाई सेवाका लागि लामो समयदेखि बन्द रहेको पाकिस्तानी आकाश खुला हुने भएको छ । पाकिस्तानी हवाइ प्राधिकरणले सबै किसिमका हवाइ उडानका लागि पाकिस्तानी आकाश पूर्ण रुपमा खुला गरिएको जानकारी दिएको हो ।
अब भारत र पाकिस्तानबीच तटस्थ स्थानमा वार्ता हुने अपेक्षा गरिएको छ । विदेशमन्त्री रुबियोले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।

उनले पछिल्लो ४८ घण्टा आफू र उपराष्ट्रपति जेडी भान्सले दुवै मुलुकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गरेको जानकारी पनि दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उनका पाकिस्तानी समकक्षी सहबाज शरिफ, भारतीय विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र उनका पाकिस्तानी समकक्षी असिम मलिकसँग कुराकानी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : ५४ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति