सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग « Khabarhub

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र प्रहरी बललाई अत्याधुनिक अमेरिकी व्यावसायिक कार्गो ड्रोन हस्तान्तरण गरिएको छ । नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकारी विल भनले सशस्त्र प्रहरी बल र सेभेन समिट ट्रेक्सको उपस्थितिमा ‘फ्रि फ्लाई अल्टा एक्स जेन२’ नामको उक्त ड्रोन हस्तान्तरण गरेका हुन् ।

कठिन भूबनोटका कारण पहुँच पुग्न नसकेका प्रभावित समुदायसम्म अत्यावश्यक आपूर्ति पुर्‍याउन सशस्त्र प्रहरीले यो ड्रोनको प्रयोग गर्नेछ । यसअघि अमेरिकी दूतावासको ‘एसेन्ट समिट’ अन्तर्गत सेभेन समिट ट्रेक्सले आमादाब्लम हिमालमा यस ड्रोनको सफल परीक्षण गरिसकेको छ ।

अत्यधिक प्रतिकूल मौसम र कठिन परिस्थितिमा पनि उच्च शिविरहरूबीच अक्सिजन सिलिन्डर र पर्वतारोहणका सामग्रीहरू ओसारपसार गरेर यसले आफ्नो क्षमता सिद्ध गरेको थियो । एभरेस्ट क्षेत्रमा गरिएको उक्त उच्च-उचाइ परीक्षणले नेपालको सबैभन्दा चुनौतीपूर्ण भूभागमा अमेरिकी प्रविधिको व्यावहारिक प्रयोगलाई स्पष्ट रूपमा देखाएको थियो ।

बाढीप्रभावित समुदाय र परिवारका लागि अमेरिकाले गर्दै आएको बृहत् सहयोगकै एक महत्वपूर्ण अंशका रूपमा यो ड्रोन हस्तान्तरणलाई लिइएको छ । यसबाहेक अमेरिकाले नेपालका बाढीपीडितका लागि मानवीय सहायता, सामग्री व्यवस्थापन (लजिस्टिक), फरेन्सिक, कन्सुलर तथा अन्य प्राविधिक सहयोगसमेत निरन्तर प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ६ : ३८ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका