सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग « Khabarhub

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र प्रहरी बललाई अत्याधुनिक अमेरिकी व्यावसायिक कार्गो ड्रोन हस्तान्तरण गरिएको छ । नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकारी विल भनले सशस्त्र प्रहरी बल र सेभेन समिट ट्रेक्सको उपस्थितिमा ‘फ्रि फ्लाई अल्टा एक्स जेन२’ नामको उक्त ड्रोन हस्तान्तरण गरेका हुन् ।

कठिन भूबनोटका कारण पहुँच पुग्न नसकेका प्रभावित समुदायसम्म अत्यावश्यक आपूर्ति पुर्‍याउन सशस्त्र प्रहरीले यो ड्रोनको प्रयोग गर्नेछ । यसअघि अमेरिकी दूतावासको ‘एसेन्ट समिट’ अन्तर्गत सेभेन समिट ट्रेक्सले आमादाब्लम हिमालमा यस ड्रोनको सफल परीक्षण गरिसकेको छ ।

अत्यधिक प्रतिकूल मौसम र कठिन परिस्थितिमा पनि उच्च शिविरहरूबीच अक्सिजन सिलिन्डर र पर्वतारोहणका सामग्रीहरू ओसारपसार गरेर यसले आफ्नो क्षमता सिद्ध गरेको थियो । एभरेस्ट क्षेत्रमा गरिएको उक्त उच्च-उचाइ परीक्षणले नेपालको सबैभन्दा चुनौतीपूर्ण भूभागमा अमेरिकी प्रविधिको व्यावहारिक प्रयोगलाई स्पष्ट रूपमा देखाएको थियो ।

बाढीप्रभावित समुदाय र परिवारका लागि अमेरिकाले गर्दै आएको बृहत् सहयोगकै एक महत्वपूर्ण अंशका रूपमा यो ड्रोन हस्तान्तरणलाई लिइएको छ । यसबाहेक अमेरिकाले नेपालका बाढीपीडितका लागि मानवीय सहायता, सामग्री व्यवस्थापन (लजिस्टिक), फरेन्सिक, कन्सुलर तथा अन्य प्राविधिक सहयोगसमेत निरन्तर प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ६ : ३८ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई