व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन « Khabarhub

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दासँगै लैजानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष लिङ्देनले मुआब्जा वितरणमा अनियमितता भएको संकेत गर्दै चर्को मूल्यमा आवश्कयताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गरे।

‘४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो उद्‌घाटन भएको यतिका वर्ष हुँदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन रु यस विषयले संसद्मा प्रवेश गरेको छ’, उनले भने, ‘यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ । सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ ।’

अध्यक्ष लिङ्गदेनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए। श्रम, मेनपावर, भिसा सेन्टरलगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए। 

यसअघि अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले भैरहवा तथा यस आसपासका जनताले विमानस्थल सञ्चालनका लागि पटकपटक प्रयास गरे पनि असफल भएको भन्दै निराशा व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक दलको होडबाजीमा विमानस्थल निर्माण भएको बताए । उनले सरकारले गरेको आग्रहअनुसार उद्योगी व्यवसायीले पूर्वाधारमा करिब ८० अर्ब लगानी गरे पनि लगानी डुब्ने खतरा बढेको बताए। 

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी विमानस्थल निर्माण गरिएको जस्तो भएको जिकिर गरे । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवावासीका लागि विमानस्थलमा भएको भ्रष्टाचारभन्दा पनि विमानस्थल सञ्चालनको विषय नै प्रधान रहेको बताए। उनले विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्नका लागि भ्रष्टाचारको मुद्दा उठान गरिएको जिकिर गरे।
 

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ६ : ५५ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी