उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन् « Khabarhub

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र विचौलियाहरुले चलाएको आरोप लगाएका छन ।

जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार जनताको नभई तस्कर र विचौलियाहरुको रहेको आफैले पुष्टि गरिसकेको दाबी गरे ।

बजेट निर्माणको क्रममा मुख्यकक्षसम्मै विचौलियाहरु पुगेको घटना प्रमाणित भईसकेको उल्लेख गर्दै अध्यक्ष यादवले यस्तो सरकारसंग जनताले विकास र सुशासनको अपेक्षा राख्नु नै गलत हुने बताए ।

अमेरिकी राष्ट्रपतिले आफनो संसदमै नेपाली नेताहरुलाई ुफ्रड लिडरु भनेर सम्बोधन नै गरिसकेको स्मरण गराउदै अध्यक्ष यादवले अहिलेको सरकार मुलुकमा मात्र नभई वैश्विक स्तरमै आफनो विश्वास गुमाई सकेको टिप्पणी गरे ।

मुलुक अहिले वैदेशिक रेमिट्यान्सले संचालन भई रहदा समेत सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुका लागि ठोस नीति ल्याउन नसक्नु राज्यकै लागि लज्जास्पद रहेको बताए ।

संविधान संशोधनको नाउमा काँग्रेस कम्युनिष्टले संघीय लोकतान्त्रिक गणतन्त्र संगै खेलाँची गर्ने षडयन्त्र गरि रहेको बताउदै अध्यक्ष यादवले भने ,‘उनिहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नभई यसलाई समाप्त पर्ने बाटो कुरी रहेका छन । जुन दिन संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने क्लु उनिहरुले पाँउछन त्यहि दिन संशोधनको बाटोमा जान्छ । ’

परिवर्तन विरोधी शक्तिहरु मुलुकलाई प्रतिगमन तीर लैजाने षडयन्त्र गरि रहेको दावी गर्दै अध्यक्ष यादवले उनिहरु सडक , सदन र षडयन्त्र तीन वटै मोर्चामा भिडेको बताए । ऐतिहासिक जनआन्दोलन जनयुद्ध र मधेश विद्रोहको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निमित परिवर्तनकारी शक्तिहरुलाई सचेत हुनु पर्ने बेला आएको बताए ।

महिलाहरुलाई समानताको अधिकार नदिए सम्म मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने बताउदै उनले अवसर , सम्पति, शिक्षा र न्यायालयमा समान पहुँचको आधार तय गर्नु पर्ने बताए ।

महिला संघका अध्यक्ष निर्मला यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष विद्युत ब्रजाचार्य, महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, रेखा यादव, प्रमिला यादव, हरिनारायण यादव, डा. सुरेन्द्र यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि