उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन् | Khabarhub Khabarhub

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र विचौलियाहरुले चलाएको आरोप लगाएका छन ।

जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार जनताको नभई तस्कर र विचौलियाहरुको रहेको आफैले पुष्टि गरिसकेको दाबी गरे ।

बजेट निर्माणको क्रममा मुख्यकक्षसम्मै विचौलियाहरु पुगेको घटना प्रमाणित भईसकेको उल्लेख गर्दै अध्यक्ष यादवले यस्तो सरकारसंग जनताले विकास र सुशासनको अपेक्षा राख्नु नै गलत हुने बताए ।

अमेरिकी राष्ट्रपतिले आफनो संसदमै नेपाली नेताहरुलाई ुफ्रड लिडरु भनेर सम्बोधन नै गरिसकेको स्मरण गराउदै अध्यक्ष यादवले अहिलेको सरकार मुलुकमा मात्र नभई वैश्विक स्तरमै आफनो विश्वास गुमाई सकेको टिप्पणी गरे ।

मुलुक अहिले वैदेशिक रेमिट्यान्सले संचालन भई रहदा समेत सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुका लागि ठोस नीति ल्याउन नसक्नु राज्यकै लागि लज्जास्पद रहेको बताए ।

संविधान संशोधनको नाउमा काँग्रेस कम्युनिष्टले संघीय लोकतान्त्रिक गणतन्त्र संगै खेलाँची गर्ने षडयन्त्र गरि रहेको बताउदै अध्यक्ष यादवले भने ,‘उनिहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नभई यसलाई समाप्त पर्ने बाटो कुरी रहेका छन । जुन दिन संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने क्लु उनिहरुले पाँउछन त्यहि दिन संशोधनको बाटोमा जान्छ । ’

परिवर्तन विरोधी शक्तिहरु मुलुकलाई प्रतिगमन तीर लैजाने षडयन्त्र गरि रहेको दावी गर्दै अध्यक्ष यादवले उनिहरु सडक , सदन र षडयन्त्र तीन वटै मोर्चामा भिडेको बताए । ऐतिहासिक जनआन्दोलन जनयुद्ध र मधेश विद्रोहको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निमित परिवर्तनकारी शक्तिहरुलाई सचेत हुनु पर्ने बेला आएको बताए ।

महिलाहरुलाई समानताको अधिकार नदिए सम्म मुलुकले विकास र समृद्धि प्राप्त गर्न नसक्ने बताउदै उनले अवसर , सम्पति, शिक्षा र न्यायालयमा समान पहुँचको आधार तय गर्नु पर्ने बताए ।

महिला संघका अध्यक्ष निर्मला यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष विद्युत ब्रजाचार्य, महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, रेखा यादव, प्रमिला यादव, हरिनारायण यादव, डा. सुरेन्द्र यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ४७ बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु