आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने « Khabarhub

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने


२७ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा जनाइएअनुसार आईफोन- १७ मा तीव्र गतिको वायरलेस फास्ट चार्जिङ प्रदान गर्नेछ ।

पछिल्लो समय सार्वजनिक भएका रिपोर्ट अनुसार यस पटक एप्पलले म्यागसेफ चार्जर अपडेट गर्ने सम्भावना धेरै छ । यसबाट आईफोन प्रयोगकर्ताहरूले द्रूत गतिमा चार्जिङ सुविधा पाउनेछन् ।

यो ५० वाटको हुनसक्ने दाबी गरिएको छ । यो चार्जिङ क्षमता हाल कायम म्यागसेफ चार्जिङ क्षमताभन्दा लगभग तीन गुणा बढी हो ।

दुई किसिमका यस्ता म्यागसेफ चार्जरको मोडल नम्बर ए३५०२ र ए३५०३ हुने दाबी गरिएको छ । ताइवानको राष्ट्रिय सञ्चार आयोगको डेटाबेसमा यसबारे सर्वप्रथम जानकारी दिइएको थियो ।

यी चार्जरको डिजाइन र वाह्य आवरण पुरानैजस्तो देखिने जनाइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ६ : ५७ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले