हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ « Khabarhub

हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हेरा फेरी- ३’को विवादलाई लिएर बलिउड नायक अक्षय कुमार अदालत पुग्नु पर्ने अवस्था सिर्जना भएको थियो ।

उनले केही साताअघि मात्रै कलाकार परेश रावलालाई ‘सम्झौता गरेर फिल्म नगरेको’ आरोपमा मुद्दा हाल्ने चेतवानीको कानुनी सन्देश पठाएका थिए ।

परेशले ‘सम्झौता रकम ब्याज’सहित फिर्ता गरेपछि यो विवाद अदालतमा पुगेन ।

अहिले पुरानो मुद्दाबाट पनि अक्षयले छुटकारा पाएका छन् । सन् २०२४ मे ७ मा उनीविरुद्ध एक उजुरी दर्ता भएको थियो ।

अजमेर जिल्ला बार एसोसियसनका अध्यक्ष चन्द्रभान सिंह राथोडले अक्षय, अर्का कलाकार अर्सद वार्सी र निर्देशक सुभाष कपुरलाई विपक्षी बनाएर राजस्थान उच्च अदालत मुद्दा दायर गरेका थिए ।

फिल्म ‘जोली एलएलबी- ३’लाई लिएर यो मुद्दा परेको हो । प्रदर्शनमा आएको ‘जोली एलएलबी’का सिक्वेलले न्यायापालिक र वकिलको छवि विगारेको राथोडको दाबी थियो ।

उनले ‘जोली एलएलबी ३’ थप न्यायपालिका र वकिलको छवि बिगार्ने भन्दै छायाङ्कन नै रोक्नुपर्ने उनको माग थियो । यसैले गर्दा फिल्मकफो पूरा छायाङ्कन हुन पाएको थिएन ।

अदालतले ‘आशंकाको भरमा फिल्मको छायाङ्कन रोक्न उचित नहुने’ आदेश दिएको भारतीय मिडिया टाइम्सअप इन्डियाले उल्लेख गरेको छ ।

फिल्मका दृश्यलाई लिएर आपत्ति जनाउने क्षेत्राधिकार सेन्सर बोर्डको रहेको पनि अदालतले स्मरण गराएको छ ।

अदालतले छायाङ्कन रोक्नु नपर्ने फैसलाले निर्माण टिमलाई राहत मिलेको छ । यो फिल्म यही सेप्टेम्बर प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : २५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित