अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ? « Khabarhub

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर ‘ओटीटी प्ल्याटफर्म’ नेटफ्लिक्समा ‘द ग्रेट इन्डियन कपिल शो’ सञ्चालन गर्दै आएको छ ।

यो कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’को विस्तारित रुप हो । सुरुमा कपिलले ‘कमेडी नाइट्स विथ कपिल’ चलाउँथे ।त्यसपछि अर्को टेलिभिजनमा च्यानलमा ‘द कपिल शर्मा शो’ चलाउन थाले ।

टेलिभिजनबाट ओटीटीमा पुग्दा कपिलले ‘द ग्रेट इन्डियन कपिल शो’ चलाउन थालेका हुन् । यो कार्यक्रमको प्रस्तोता कपिल स्वयं हुन् भने जजको भूमिकामा अर्चना पुरन सिंह छिन् ।

यो टिमले ओटीटीमा दुई सिजन पूरा गरेको छ । अब तेस्रो सिजनको तयारीमा छन् । जुन २१ मा तेस्रो सिजनको पहिलो एपिसोड प्रिमियर हुने बताइएको छ ।

नेटफ्लिक्सले तेस्रो सिजनको रोचक प्रचार सामाग्री सार्वजनिक गरेको छ । जसमा जजको भूमिकामा नवजोत सिंह सिद्धु हुने कपिलले नै घोषणा गरेका छन् ।

सिद्धुको आगमनले अर्चना शोबाट बिदा हुन लागेकी होइनन् । उनको स्थान यथावत नै रहेको बताइएको छ । अर्थात्, यो शोमा अब दुई जना जज रहेने छन्– सिद्धु र अर्चना ।

किन बाहिरिएका थिए सिद्धु ?

‘कमेडी नाइट्स विथ कपिल’देखि नै सिद्धु जजको भूमिकामा थिए । कपिल उनलाई अत्यन्तै सम्मान गर्छन् र ‘लक्की चार्म’ मान्छन् ।

सोहीकारण टेलिभिजन च्यानल परिवर्तन गरेर ‘द कपिल शर्मा शो’ सुरु गर्दा पनि सिद्धु जजको भूमिकामा दोहोरिएका थिए ।

सिद्धु पनि कपिलका शोको पर्‍यार्य नै बनेका थिए । सिद्धु र कपिलको सहकार्य सन् २०१९ बाट टुटेको हो । उनीहरुको ६ वर्षको सहकार्य एक राजनीतिक घटनाले टुटाएको हो ।

कश्मिरको पुलवामा सन् २०१९ मा भएको आतंकवादी हमाललाई लिएर भारत र पाकिस्तानको विवाद भएको थियो ।

जसमा सिद्धुको अभिव्यक्ति थियो, ‘यो कुनै व्यक्तिले वा समूहले गराएको घटना हो । पूरै देशलाई जिम्मेवारी बनाउनु हुँदैन ।’

यही कारण उनको चर्को विरोध भएको थियो । फलतः कपिललाई टेलिभिजन च्यानलले सिद्धुलाई शोबाट हटाउन दबाब दिएको थियो ।

यही कारण सिद्धु शोबाट बाहिरिए । उनको स्थानमा अर्चनाको प्रवेश भएको थियो । अर्चना जज हुँदा सिद्धु अथितिका रुपमा शोमा समेत पुगेका थिए ।

सिद्धुको अनुपस्थितिमा शोमा उनको माग भइरहेकै थियो । तर, उनी राजनीतिक र व्यक्तिगत कारणले शोमा आउन सकिरहेको थिएनन् ।

कपिलले भने व्यस्ताताले सिद्धुले कार्यक्रममा समय दिन नसक्ने भएकाले जजको भूमिकामा ल्याउन नसेकेको बताउँदै आएका थिए ।

अब सिद्धु शोमा आउने खबरले शोका फ्यानहरु थप उत्साहित भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ०२ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा