मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७० पैसा र बिक्रीदर १३७ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ छ पैसा र बिक्रीदर १५६ रुपियाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ३४ पैसा र बिक्रीदर १८६ रुपियाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ५९ पैसा र बिक्रीदर १६७ रुपियाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १८ पैसा र बिक्रीदर ८९ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३३ पैसा र बिक्रीदर १०६ रुपियाँ ८० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ चार पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३१ पैसा र बिक्रीदर ३२ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ नौ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९२ पैसा र बिक्रीदर २१ रुपियाँ एक पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ पाँच पैसा र बिक्रीदर ४४८ रुपियाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ नौ पैसा र विक्रीदर ३५६ रुपियाँ ६५ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र