विश्वकप छनोटमा नर्वे र इटालीको जित « Khabarhub

विश्वकप छनोटमा नर्वे र इटालीको जित


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली देशको विश्वकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा नर्वेले इस्टोनियालाई १-० ले हरायो। नर्वेका लागि एर्लिङ हलान्डले निर्णायक गोल गरे। चालु विश्वकप छनोटमा हलान्डको यो चौथो गोल हो।

जितसहित नर्वे १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ। सोही समूहको अर्को खेलमा इटालीले माल्डोभालाई २-० ले हरायो।

प्रशिक्षक लुसियाना स्पालेटीको अन्तिम खेलमा इटालीका लागि ४० औँ मिनेटमा जियाकोरी रासपाडोरीले गोल गरेका थिए।

दोस्रो हाफमा आन्द्रे काम्बासियोले दोस्रो गोल गरे। सो समूहमा इटाली तीन अङ्क सहित तेस्रो स्थानमा छ। इटालीले दुई खेल मात्र खेलेको छ। नर्वे र इस्टोनियाले चार खेल खेलिसकेका छन् भने दोस्रो स्थानमा रहेको इजरायलले तीन खेलमा ६ अङ्क जोडेको हो।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट