बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा « Khabarhub

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

सोमबार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चौडीलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो ।

पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाएको यकिन भइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

यसअघि नगरका १० वटै वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो । बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध खोप दिने गरिएको छ ।

नगरले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरेको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । उनका अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै २० जनालाई सम्मान गरिएको हो ।

नगरले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए/नपाएको यकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ । छुटेका भए उनीहरूलाई खोपको दायरमा ल्याएपछि मात्रै पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने प्रावधान रहेको छ । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ५० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को