क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल « Khabarhub

क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल छनोट अन्तरगत युरोपेली देशको आइतबार राति भएको समूह क्रोएसियाले चेक गणतन्त्रलाई ५-१ ले हराएको छ।

समूह एलमा रहेको क्रोएसियाले विश्वकप छनोटको सुरुवाती दुई खेलमा १२ गोल गरेको छ। पहिलो खेलमा सो टोलीले जिब्राल्टरलाई ७-० ले हराएको हो।

सो खेलको ४२ औँ मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले गोल गरे। ५८ औँ मिनेटमा टोमास साउसेमले नजिकैको दुरीबाट गोल गर्दै चेकलाई खेलमा फर्काएका थिए।

त्यसपछि १३ मिनेटको अन्तरमा चार गोल गर्दै क्रोएसियाले सानदार सफलता पाएको हो। ६२ औँ मिनेटमा लुका मोड्रिकको पेनाल्टी गोलमा अग्रता लिएको टोलीका लागि ६८ औँ मिनेटमा इभान पेरिसिक तथा ७२ औँ मिनेटमा आन्द्रे बुडिमिरले गोल गरे। अन्तिम गोल क्रामारिकले नै गरे।

सोही समूहको अर्को खेलमा फारो आइजल्यान्डले जिब्राल्टरलाई २-१ ले हरायो। ज्रिबाल्टरले २३ औँ मिनेटमा स्कालटनको गोलमा अग्रता लिएको थियो। फारो आइजल्यान्डका लागि दोस्रो हाफमा फ्रेडिक्सबर्ग र जोनान्सेनले गोल गरे।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता

डढेलोको उच्च जोखिममा चितवन

चितवन – जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र

काठमाडौंको तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार