रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र | Khabarhub Khabarhub

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आईपीएम) सिकाएको छ ।

कृषि ज्ञान  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसार सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । विशेषगरी विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।

कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आईपीएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हाम्रो  स्वास्थ्यमा असर गर्ने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए ।

उनले तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएकाले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको दाबी गरे । सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उनको भनाइ छ ।

यसैबीच, ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका– १ कुन्छाली टोलका किसानलाई आईपीएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए । उनले भने, ‘आयातित उपज बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आईपीएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।’

बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताए । ‘सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ’, उनले भने ।

किसान आनन्द भुजेल घर्तीले भने, ‘हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि रामो भयो । हामी अत्यन्त खुसी छौँ ।’ वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आईपीएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उनको भनाइ छ ।

कृषक रीता घर्तीले अञ्जानमै विषादी खाएको तालिमकै क्रममा थाहा पाएको र यसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताइन् । अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेका उनको भनाइ छ । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समयसमयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताइन् । (रासस)

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ५९ बजे

दसैँघरमा महागौरी देवीको विधिपूर्वक पूजाआराधना

काठमाडौं– बडादसैँ एवं नवरात्रको नवौँ दिन मंगलबार दसैँघर वा पूजाकोठामा

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु,  कसरी बढ्छ भाडा ?

काठमाडौं– दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना

नयाँ लुगा प्राथमिकतामा पर्दैन, तासमा कहिल्यै जितिएन

काठमाडौं – कलाकार भरतमणि पौडेल भर्खरै क्यानडामा कार्यक्रममा सहभागी भएर

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको बैठक सम्बोधन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका

नवरात्री मेलामा संस्कृति जोगाउँदै युवापुस्ता

भक्तपुर– यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै