बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज  « Khabarhub

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी रिटको पेसी आजका लागि तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाउँदै आइतबार दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।

आगामी आर्थिक वर्षको बजेटको बुँदा ८७ ले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले अवहेलना कसूरमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था गरिएकोमा त्यसले अदालतको अवहेलना गरेको रिटमा दाबी गरिएको छ ।

यसअघि पौडेलले नै २०७८-०७९ को बजेटमा खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने व्यवस्था गरेकोमा सर्वोच्चले खानीजन्य ढुङ्गा गिट्टी बालुवा निकासीसम्बन्धी बजेटको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ९ : ३१ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु