रास्वपाको आरोप- भिजिट भिसा प्रकरणमा अख्तियारले नौ पटक पत्र लेख्दा पनि गृहले टेरेन « Khabarhub

रास्वपाको आरोप- भिजिट भिसा प्रकरणमा अख्तियारले नौ पटक पत्र लेख्दा पनि गृहले टेरेन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ-नौ पटक पत्राचार गर्दा पनि गृह मन्त्रालयले नटेरेको दाबी गरेको छ । 

भिजिट भिसामा विदेश जाने नागरिकबाट अध्यागमन कार्यालयले गर्ने अवैध असुली धन्दाबारे अख्तियारले नौ पटक पत्राचार गर्दा पनि गृह मन्त्रालयले नटेरेको रास्वपाले दाबी गरेको हो । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले नौ पटक पत्राचार गर्दा कुनै जवाफ नआएपछि अख्तियारले अध्यागमनमा छापा मार्ने जानकारी पाएपछि मात्रै गृह मन्त्रालय जागेको बताएका छन् ।  

‘उहाँहरूलाई यो समस्या नै हैन झैँ लाग्छ । तसर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ कार्तिक देखि २०८२ वैशाखसम्म गृह मन्त्रालयलाई भिजिट भिसा प्रकरणबारे ९ पटक पत्राचार गर्दा पनि टेरेनन्,’ उनले एक्स (ट्विटर) मा जिभिज भिसा प्रकरणबारे लेखेका छन्, ‘अख्तियारले अब छापा मार्दै छ भन्ने थाहा पाएपश्चात् मात्र जागे ।’

भिजिट भिसा प्रकरणलाई सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले सामान्य रुपमा लिएर गृहमन्त्री रमेश लेखकलाई बचाउन खोजिरहेको पनि रास्वपाको आरोप छ ।

 ‘एउटा कर्मचारी समातिएको त हो नि’ भन्दै यसमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई बचाउन खोज्दै हुनुहुन्छ,’ झाले लेखेका छन्, ‘राजनीतिक संरक्षण बेगर १८ वर्षदेखि यस्तो गम्भीर संगठित अपराध सम्भव नै हुँदैन । उहाँहरूले केही लुकाउँदै हुनुहुन्छ ।’

उनले विगतमा कांग्रेस र एमालेले लामो समयसम्म संसद्लाई बन्धक बनाएजस्तो गरी आफूहरूले बैठक अवरोध गर्न नचाहेको पनि उल्लेख गरेका छन् ।

 ‘हामी सदन अवरोधमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धामा छैनौँ । त्यहाँसम्म पुग्न खोजेको हैन,’ सांसद झाको भनाइ छ, ‘हाम्रो समस्या यो प्रकरणसँग हो । र, यसको समाधान नै हाम्रो प्रमुख माग हो ।’

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले संघीय सदनका ५८ वटा र नेकपा नेतृत्वको दुईतिहाइ सरकार ढलेपछि ९ महिनासम्म रोष्टम घेरेर नाराबाजी गरेको उनले स्मरण गरेका छन् ।

 ‘नेपाली कांग्रेसले सहकारीको छानबिनको लागि २ महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडि बढ्न दिएन,’ झाले लेखेका छन्, ‘हामीले यो ज्येष्ठ १३ र १४ गते सदन अवरोध गर्‍यौ, १५ गते बजेट प्रस्तुत गर्दा सहजतासहित सहभागी भयौँ । जेष्ठ महिनाको २०, २१, २२, २३, २५ र २६ गते अवरोध भएको छ ।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै