रास्वपाको आरोप- भिजिट भिसा प्रकरणमा अख्तियारले नौ पटक पत्र लेख्दा पनि गृहले टेरेन « Khabarhub

रास्वपाको आरोप- भिजिट भिसा प्रकरणमा अख्तियारले नौ पटक पत्र लेख्दा पनि गृहले टेरेन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ-नौ पटक पत्राचार गर्दा पनि गृह मन्त्रालयले नटेरेको दाबी गरेको छ । 

भिजिट भिसामा विदेश जाने नागरिकबाट अध्यागमन कार्यालयले गर्ने अवैध असुली धन्दाबारे अख्तियारले नौ पटक पत्राचार गर्दा पनि गृह मन्त्रालयले नटेरेको रास्वपाले दाबी गरेको हो । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले नौ पटक पत्राचार गर्दा कुनै जवाफ नआएपछि अख्तियारले अध्यागमनमा छापा मार्ने जानकारी पाएपछि मात्रै गृह मन्त्रालय जागेको बताएका छन् ।  

‘उहाँहरूलाई यो समस्या नै हैन झैँ लाग्छ । तसर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ कार्तिक देखि २०८२ वैशाखसम्म गृह मन्त्रालयलाई भिजिट भिसा प्रकरणबारे ९ पटक पत्राचार गर्दा पनि टेरेनन्,’ उनले एक्स (ट्विटर) मा जिभिज भिसा प्रकरणबारे लेखेका छन्, ‘अख्तियारले अब छापा मार्दै छ भन्ने थाहा पाएपश्चात् मात्र जागे ।’

भिजिट भिसा प्रकरणलाई सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले सामान्य रुपमा लिएर गृहमन्त्री रमेश लेखकलाई बचाउन खोजिरहेको पनि रास्वपाको आरोप छ ।

 ‘एउटा कर्मचारी समातिएको त हो नि’ भन्दै यसमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई बचाउन खोज्दै हुनुहुन्छ,’ झाले लेखेका छन्, ‘राजनीतिक संरक्षण बेगर १८ वर्षदेखि यस्तो गम्भीर संगठित अपराध सम्भव नै हुँदैन । उहाँहरूले केही लुकाउँदै हुनुहुन्छ ।’

उनले विगतमा कांग्रेस र एमालेले लामो समयसम्म संसद्लाई बन्धक बनाएजस्तो गरी आफूहरूले बैठक अवरोध गर्न नचाहेको पनि उल्लेख गरेका छन् ।

 ‘हामी सदन अवरोधमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धामा छैनौँ । त्यहाँसम्म पुग्न खोजेको हैन,’ सांसद झाको भनाइ छ, ‘हाम्रो समस्या यो प्रकरणसँग हो । र, यसको समाधान नै हाम्रो प्रमुख माग हो ।’

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले संघीय सदनका ५८ वटा र नेकपा नेतृत्वको दुईतिहाइ सरकार ढलेपछि ९ महिनासम्म रोष्टम घेरेर नाराबाजी गरेको उनले स्मरण गरेका छन् ।

 ‘नेपाली कांग्रेसले सहकारीको छानबिनको लागि २ महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडि बढ्न दिएन,’ झाले लेखेका छन्, ‘हामीले यो ज्येष्ठ १३ र १४ गते सदन अवरोध गर्‍यौ, १५ गते बजेट प्रस्तुत गर्दा सहजतासहित सहभागी भयौँ । जेष्ठ महिनाको २०, २१, २२, २३, २५ र २६ गते अवरोध भएको छ ।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४१ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा