फिल्म ‘जहाजै’ निर्देशन गर्दै ‘लेडी टाइगर’ « Khabarhub

फिल्म ‘जहाजै’ निर्देशन गर्दै ‘लेडी टाइगर’


२७ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ गत चैत २९ मा प्रदर्शनमा आयो । यस फिल्मले प्रदर्शनको ५१ दिन मनाए पनि व्यापार कमजोर नै बन्यो ।

मल्टिस्टार यस फिल्मले निर्देशक कृषा चौलागाईंलाई भने हाइपमा ल्यायो । मल्टिस्टारर फिल्म निर्देशन गरेर चुनौती मोलेकाले उनले ‘लेडी टाइगर’ उपनामसमेत पाइन् ।

कृषा ‘पिताम्बर’को सिक्वेल बनाउने तयारीमा पनि छन् । तर, अहिले उनले पहिला अर्को फिल्म निर्देशन गर्ने खबर बाहिरिएको छ ।

कृषाले फिल्म ‘जहाजै’ निर्देशन गर्ने भएकी हुन् । निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गरी यसबारे जानकारी दिएको हो ।

यो फिल्मको निर्माण यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने भएको हो । यूएनएले जापानमा नेपाली फिल्म वितरणको काम गर्दै आएको छ ।

केही साताअघि कृषाले जपानमा गएर यो फिल्मका लागि सम्झौता गरेकी थिइन् । त्यसबेला फिल्मको नाम फाइनल भएको थिएन ।

यो फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा उठान गरेको बताइएको छ । थिम पोस्टरमा एक युवा लगेज बोकर प्लेन अगाडि उभिएको देखाइएको छ । यसले पनि फिल्म वैदेशिक रोजगारीको कथामा बन्न लागेको संकेत गर्छ ।

अहिलेसम्म यस फिल्मका लागि कलाकारहरु फाइनल नभएको निर्माण पक्षले बताएको छ । फिल्ममा जपान र नेपालका कलाकारको अभिनय रहने बताइएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन नेपाल, जापान र फिलिपिन्समा हुनेछ । पहिलो चरणको छायाङ्कन जापानमा एक महिना चल्ने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  २ : ५५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६