नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर « Khabarhub

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेलअघि भएको टसमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।

नेदरल्याण्ड्सविरुद्धको खेलअघि नेपाललाई धक्का लागेको छ। स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् ।

स्कटल्यान्ड भ्रमणका क्रममा मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

उनीहरू घाइते भएकाले अब अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई क्यानले अवसर दिएको छ। टी-२० तर्फ राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन् ।

अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई युवा खेलाडीलाई अवसर दिएका हुन् ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने पक्का भएको छ । त्यहीकारण बसिर र नन्दनलाई अवसर दिइएको छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएका दुईमध्ये एक खेलमा विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ ।

२२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो ।

स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको थियो ।

लिग–२ मा अहिले आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : १७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित