दुर्गम क्षेत्रमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन « Khabarhub

दुर्गम क्षेत्रमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भौगोलिक रूपमा विकट रहेका साल्पासिलिछो गाउँपालिकाका दुई वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको छ । 

इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिँदै आएका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण संकलन गरेको हो । 

साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नं ५ र ६ दाभानेका ३५५ जनाको वितरण संकलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिए । यही जेठ २३ गतेदेखि चार दिनसम्म शिविर सञ्चालन गरेर विवरण संकलन गरिएको उनको भनाइ छ ।

‘घुम्ती शविरिमार्फत दुर्गम क्षेत्र दोभानेका नागरिकको राष्ट्रिय परिचयपत्रको वितरण संकलन गरेका छौँ,’ प्रमुख अधिकारीले भने, ‘यो क्षेत्र भौगोलिक रूपमा निकै विकट रहेकाले शिविरमार्फत घरदैलोमै पुगेर सेवा प्रदान गरेका हौँ, यसले ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई ठूलो राहत पुगेको छ ।’
 

 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ५५ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु