महानगर कार्यालयकै पानीमा कोलिफर्म : आपूर्तिकर्तालाई दुई लाख जरिवाना, सम्झौता भङ्ग « Khabarhub

महानगर कार्यालयकै पानीमा कोलिफर्म : आपूर्तिकर्तालाई दुई लाख जरिवाना, सम्झौता भङ्ग


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी.एन. इन्टरप्राइजेजसँग गरिएको सम्झौता महानगरले भङ्ग गरेको हो । 

महानगरको कृषि तथा पशुपन्छी विभागले आपूर्तिकर्तालाई पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयबाट पिउने पानी आपूर्तिको सम्झौता रद्द गरिएको जनाएको छ । 

‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो,’ पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ । पानी आपूर्तिकर्ता सी.एन इन्टरप्राइजेजसँग ०८१ वैशाख २ गते सम्झौता गरेर महानगरले खानेपानी सेवा लिन सुरु गरेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ३२ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि