महानगर कार्यालयकै पानीमा कोलिफर्म : आपूर्तिकर्तालाई दुई लाख जरिवाना, सम्झौता भङ्ग « Khabarhub

महानगर कार्यालयकै पानीमा कोलिफर्म : आपूर्तिकर्तालाई दुई लाख जरिवाना, सम्झौता भङ्ग


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी.एन. इन्टरप्राइजेजसँग गरिएको सम्झौता महानगरले भङ्ग गरेको हो । 

महानगरको कृषि तथा पशुपन्छी विभागले आपूर्तिकर्तालाई पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयबाट पिउने पानी आपूर्तिको सम्झौता रद्द गरिएको जनाएको छ । 

‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो,’ पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ । पानी आपूर्तिकर्ता सी.एन इन्टरप्राइजेजसँग ०८१ वैशाख २ गते सम्झौता गरेर महानगरले खानेपानी सेवा लिन सुरु गरेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ३२ बजे

महाधिवेशन तयारीबारे एमालेको व्यवस्थापन समिति सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन

स्मृति मन्धाना–पलाश मुछालको विवाह रद्द, निजी जीवनको सम्मान गर्न आग्रह

काठमाडौं – भारतीय महिला क्रिकेटर स्मृति मन्धाना र गायक पलाश मुछालको

श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुरमा र्‍याली सुरु (तस्बिरहरू)

काठमाडौं– श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संगठन विस्तार र

दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै

ढोरपाटन– दक्षिण बागलुङको ‘लाइफ लाइन’ का रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक

सिटी सफारीका चालक हत्या प्रकरणमा सात जना पक्राउ

धरान– सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ