शुरुवातमै नेपाललाई झड्का, नेदरल्याण्ड्सविरुद्ध दुवै ओपनर आउट « Khabarhub

शुरुवातमै नेपाललाई झड्का, नेदरल्याण्ड्सविरुद्ध दुवै ओपनर आउट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । अहिले नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ६ ओभर ६ बलमा अनिल साह आउट भए । १६ बलको सामना गरेका उनले केबल २ रन बनाए ।

त्यसअघि अर्का ओपनर कुशल भुर्तेल पनि आउट भएका थिए । ४ ओभर ४ बलमा आउट हुनुअघि भुर्तेलले १९ बलमा १८ रन बनाए ।

स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएपछि नेपाललाई धक्का लागेको छ।

स्कटल्यान्ड भ्रमणका क्रममा मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

उनीहरू घाइते भएकाले अब अलराउन्डर बसिर अहमद र बलर नन्दन यादवलाई क्यानले अवसर दिएको छ। टी–० तर्फ राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन् ।

अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लले दुई युवा खेलाडीलाई अवसर दिएका हुन् ।

क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। त्यसैले यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी–२० आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने पक्का भएको छ । त्यहीकारण बसिर र नन्दनलाई अवसर दिइएको छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएका दुईमध्ये एक खेलमा विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : २९ बजे

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय