काठमाडौंमा गर्मी बढ्दै, कहिले पर्ला पानी ? « Khabarhub

काठमाडौंमा गर्मी बढ्दै, कहिले पर्ला पानी ?


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौं लगायत देशैभरी गर्मी बढ्दै गएको छ । आज काठमाडौंको तापक्रम ३१ डिग्री सम्म मापन भएको छ । यसपटकको मनसुन छिटो सुरु हुने अनुमान गरिएपनि पूर्वी नेपालमा प्रवेश गरेको मनसुन फैलिन नसक्दा गर्मी बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले कोशीसम्म मनसुन भित्रिइसकेको तर, पश्चिमी वायु बलियो भएको कारणले मनसुन सर्न नसकेको बताइन् ।

 ‘वर्षमा ४ महिना मात्रै नेपालमा पूर्वबाट पश्चिममा हावा बहन्छ, बाँकी ८ महिना पश्चिमी वायु नै हाबी भइरहेको हुन्छ’, उनले भनिन्, ‘मनसुन आउन पश्चिमी वायु अलिकति माथि सर्नुपर्छ, त्यो भनेको तिब्बतको लेबलतिर जानुपर्छ, बंगालको खाडीबाट आएको हावा कोशी हुँदै पश्चिमतर्फ सर्नुपर्छ ।

पश्चिमी वायु बलियो भएको अवस्थामा मनसुनी वायु पश्चिमतर्फ सर्न समय लाग्ने गरेको उनले बताइन् । आजको दिनमा पनि बादल थपिँदै गरेको २र३ दिनमा काठमाडौंसम्म मनसुन आइपुग्न सक्ने उनको भनाइ छ । साथै, असारको पहिलो हप्तामा देशैभरी मनसुन फैलने सम्भावना रहेको उनको भनाइ छ ।

‘सामान्यतया मनसुन भित्रने भनेको जुन १३ तारिक हो त्यो आउन अझै तीन दिन बाँकी छ, पोहोर साल पनि पूर्वमा मनसुन पश्चिम पुग्न १५ दिनको समय लागेको थियो, पोहोर साल अहिलेको तुलनामा धेरै गर्मी भएको थियो, काठमाडौंमा ३५ डिग्री सम्म तापक्रम पुगेको थियो, अहिले ३१ डिग्री बल्ल पुगेको छ’, उनले भनिन् ।

तापक्रम बढ्दै जानुमा मनसुनी वायु पश्चिमतर्फ बढ्न ढिलाइ भएको कारण भएको भन्दै मनसुनी वायु अगाडि सर्दा तापक्रम घट्ने उनको भनाइ छ ।

 ‘अहिले मनसुन कोशीमा नै बस्नुको कारण पश्चिम वायु अलिकति प्रबल भएकोले मनसुन वायुले पश्चिमी वायुलाई धकेलेर अगाडि बढ्न नसक्दा पानी नपरेको र गर्मी बढी भएको हो’, उनले भनिन् ।

उनका अनुसार नेपाल सब–ट्रपिकल जोनमा पर्छ, यो क्षेत्रमा बाह्रै महिना पश्चिमी वायु नै  हाबी हुन्छ । साथै आठ महिनासम्म वायु पश्चिमतर्फबाट पूर्वतर्फ बहन्छ । मनसुनी वायु बहने समयमा मात्रै वायु पूर्वबाट पश्चिमतर्फ बहने गर्छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ५३ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको