राससको फोटो प्रदर्शनी हेर्न पुगे आरआरका विद्यार्थीहरू | Khabarhub Khabarhub

राससको फोटो प्रदर्शनी हेर्न पुगे आरआरका विद्यार्थीहरू


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार राष्ट्रिय समाचार समिति (रासस)को फोटो प्रदर्शनी अवलोकन गरेका छन् । 

उनीहरूले (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेका हुन्।

अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षा कोठादेखि समाचार कक्षसम्म जोडनका लागि सहयोग पुग्ने रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक शान्तराम बिडारीले बताए।

राससका प्रधान सम्पादक उत्तम सिलवालले विद्यार्थीहरूलाई राससबारे जानकारी गराउँदै फोटो प्रदर्शनीसँगै राससको सङ्ग्रहालय, समाचार सङ्कलन र सम्पादन कक्षको अवलोकन गराएका थिए । त्यस्तै अध्यक्ष धर्मेन्द्र झाले विद्यार्थीहरूलाई समितिको भवन भित्र रहेको सङ्ग्रहालय देखाउँदै त्यहाँ रहेको प्राविधिक सामाग्रीहरूको बारेमा जानकारी गराएका थिए ।

साथै फोटो कार्यक्रम र रासससँग सम्बन्धित पुस्तकहरू राससद्धारा क्याम्पसलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ५ : २४ बजे

भेनेजुएलाका मदुरो अमेरिकी आक्रमणको खतरामा आपतकाल घोषणा गर्न तयार

एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार अमेरिकी ‘आक्रमण’ को

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवा– गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी

बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

बैतडी– बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैं सुरक्षाका लागि प्रहरीको २४ सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा

दसैँमा सुनसान काठमाडौंका सडक (तस्बिरहरू) 

काठमाडौं– नेपालीको महान पर्व विजया दशमी (बडादसैँ) मा काठमाडौं उपत्यका