गृहमन्त्रीले बजेटको बचाउ गर्दा देउवाले भने- मलाई र पार्टीलाई चित्त बुझेको छैन | Khabarhub Khabarhub

गृहमन्त्रीले बजेटको बचाउ गर्दा देउवाले भने- मलाई र पार्टीलाई चित्त बुझेको छैन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफुलाई चित्त नबुझेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई पनि चित्त नबुझेको बताएका हुन् ।

उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको पनि धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने धारणा पनि राखेका छन् ।

तर त्यही कार्यक्रममा बोलेकका गृहमन्त्री रमेश लेखकले भने आर्थिक वर्ष २०८२/०८३ काे बजेट विधिकाे शासनद्वारा सुशासनकाे प्रत्याभूति गराउने गरी आएको बताएका छन् ।

कांग्रेसकाे आपूर्ति तथा उपभोक्त विभागद्वारा आयाेजित ‘आर्थिक वर्षकाे बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङखलामा पार्ने प्रभाव’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् ।

उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने पनि उनले बताएका छन् ।

‘सरकारका निकायकाे आ-आफ्नै काम हुन्छ  । खाद्य वस्तु सुलभ, सुपथ र गुणस्तरीय बनाउन नियमनलाई बलियो बनाउनुपर्छ । सहजीकरण पनि गर्नुपर्याे,’ उनले भने, ’बेला बेलामा कृतिम अभाव र कालाबजारीकाे कुरा आउँछ । त्यसमा सरकारले नियन्त्रण गर्नुपर्याे । त्यसमा गृहमन्त्रालयले गर्नुपर्ने काम गर्छ ।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ४९ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल