गृहमन्त्रीले बजेटको बचाउ गर्दा देउवाले भने- मलाई र पार्टीलाई चित्त बुझेको छैन « Khabarhub

गृहमन्त्रीले बजेटको बचाउ गर्दा देउवाले भने- मलाई र पार्टीलाई चित्त बुझेको छैन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफुलाई चित्त नबुझेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिले नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई पनि चित्त नबुझेको बताएका हुन् ।

उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको पनि धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने धारणा पनि राखेका छन् ।

तर त्यही कार्यक्रममा बोलेकका गृहमन्त्री रमेश लेखकले भने आर्थिक वर्ष २०८२/०८३ काे बजेट विधिकाे शासनद्वारा सुशासनकाे प्रत्याभूति गराउने गरी आएको बताएका छन् ।

कांग्रेसकाे आपूर्ति तथा उपभोक्त विभागद्वारा आयाेजित ‘आर्थिक वर्षकाे बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङखलामा पार्ने प्रभाव’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् ।

उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने पनि उनले बताएका छन् ।

‘सरकारका निकायकाे आ-आफ्नै काम हुन्छ  । खाद्य वस्तु सुलभ, सुपथ र गुणस्तरीय बनाउन नियमनलाई बलियो बनाउनुपर्छ । सहजीकरण पनि गर्नुपर्याे,’ उनले भने, ’बेला बेलामा कृतिम अभाव र कालाबजारीकाे कुरा आउँछ । त्यसमा सरकारले नियन्त्रण गर्नुपर्याे । त्यसमा गृहमन्त्रालयले गर्नुपर्ने काम गर्छ ।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ४९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल