सरकारले ल्याएको बजेटका कतिपय कुरामा चित्त बुझेको छैन : देउवा « Khabarhub

सरकारले ल्याएको बजेटका कतिपय कुरामा चित्त बुझेको छैन : देउवा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका छन्  ।  

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताएका हुन् ।

उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने धारणा राखे ।  

उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ५४ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु