बसिरको गल्तीले नेपाललाई पेनाल्टी, १० रनबाट गनिनेछ नेदरल्यान्ड्सको स्कोर | Khabarhub Khabarhub

बसिरको गल्तीले नेपाललाई पेनाल्टी, १० रनबाट गनिनेछ नेदरल्यान्ड्सको स्कोर


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा पहिले ब्याटिङ गरको नेपालले नेदरल्यान्ड्सलाई १० पेनाल्टी रन दिनुपरेको छ।

नेदरल्याण्ड्सविरुद्ध मौका पाएका ब्याटर बसिर अहमदले पटक पटक नियम मिचेपछि म्याच अम्पायरले नेदरल्याड्सलाई २ पटक गरेर ५–५ गरी १० पेनाल्टी रन दिएका हुन् । इन्टरनेशनल क्रिकेट क्राउन्सिल(आइसिसी)ले पिचमा कुद्नुलाई गम्भीर नियम उल्लंघन भनेको छ ।

सातौँ क्रममा आएका नेपाली ब्याटर बासिर अहमद पटक–पटक पिचमा कुदेपछि कारबाही गरे अम्यायरे विपक्षी टोली नेदरल्याण्ड्सको खातामा १० पेनाल्टी रन दिएका हुन् ।

जारी सिरिजमा पहिलो खेलका लागि अवसर पाएका खेलेका बसिरले २५ बलको सामना गर्दै ११ रन बनाउँद १० पेनाल्टी रन दिए ।

बसिरको गल्तीले नेपाललाई १० रन घाटा लाग्दा नेदरल्याण्ड्सको स्कोर अब १० बाट गणना हुनेछ । सिरिजको अन्तिम खेलमा पहिले ब्याटिङ रोजेको नेपालले कमजोर प्रदर्शन गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा ४५ ओभर खेल्दै २०३ रन बनाएको छ । नेपालले ६ विकेट गुमाइसकेको छ। नेपालका लागि नटआउट रहेका आरिफ शेखले ६४ रन बनाइसकेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : १५ बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै