गण्डकीमा एक्लिँदै बाबुराम | Khabarhub Khabarhub

गण्डकीमा एक्लिँदै बाबुराम


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

पोखरा– बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नयाँशक्ति)को गण्डकी प्रदेश अध्यक्ष किरण थापा (आमोद) र कास्की जिल्ला अध्यक्ष राजु क्षेत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे । 

माओवादी केन्द्रको पोखरा महानगर सम्मेलनका क्रममा प्रचण्ड पोखरा आइपुगेका हुन् । त्यही अवसरमा नेताद्वय थापा र क्षेत्री आफ्‌नो पुरानै पार्टीमा फर्किए । माओवादी नेसपाको गण्डकी अध्यक्षभन्दा अघि पार्टी केन्द्रीय सचिवालय सदस्य पनि भइसकेका हुन् । उक्त पार्टीको हालै भएको महाधिवेशनमा थापाको टिमले नेसपा माओवादीसँग नजिकिँदै जानुपर्ने लगायत अवधारणा पेस गरेका थिए । तर उनको लाइन महाधिवेशनले अस्वीकार गरेको थियो । 

माओवादी तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर, प्लाटुन कमिसार समेत थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका बेला उनी राजनीतिक क्षेत्रमा बस्न रुचाए । 

जिल्ला अध्यक्ष त्यागेर माओवादी केन्द्र फर्किएका राजु जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भइसकेका हुन् । माओवादी जनयुद्धमा भूमिगत रुपमा लागेका उनको उक्त पार्टीसँगको निकटता विद्यार्थीकालबाटै सुरु भएको थियो । विद्यार्थी फाँट हुँदै भूमिगत भएका उनलाई जनयुद्धकै बेला नेपाली सेनाले गिरफ्तार गरेको थियो । उनी धादिङको सैनिक ब्यारेक तोडेर निस्कन सफल भएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : २७ बजे

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा