सुदूरपश्चिममा १६ सहित २० जनामा कोरोना, चिकित्सक भन्छन्- डराउनुपर्ने अवस्था छैन « Khabarhub

सुदूरपश्चिममा १६ सहित २० जनामा कोरोना, चिकित्सक भन्छन्- डराउनुपर्ने अवस्था छैन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ ।

भारतीय स्वास्थ्य विभागको तथ्याङ्क अनुसार अहिले ६ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन् । गत जनवरी १ देखि अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुकमा संक्रमित बढ्दै जाँदा भारतसँग सीमा जोडिएका जिल्लामा सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। ती जिल्लाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई प्रभावकारी बनाउनुपर्ने आवाज संसद्मा पनि उठेको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले नेपालबाट कामदार भारत जाने र भारतबाट नेपाल आउने गरेकाले सरकारले सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

खुला सिमानाका कारण केही दिनयता सुदुरपश्चिममा पनि कोरोना संक्रमित देखिन थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार पनि १ एउटा केश पोजेटिभ आएको छ ।

योसहित सुदूरपश्चिममा १६ जनामा कोरोना पुष्टि भएको छ । अन्यबाट ४ जना छन् । उनीहरू सबैको अवस्था सामान्य छ । सबैजना घरमै आइसोलेशनमा छन् । उनीहरूमा लक्षण पनि केही नदेखिएको महाशाखा प्रमुख डा. चन्द्रभाल झाले बताए ।
उनका अनुसार सुदुरपश्चिममा कीट अभाव भएको खबर आउनेबित्तिकै २ सयभन्दा बढी कीट पठाइसकिएको छ । अहिले देखिएको कोरोना कुन भेरियण्टको भनेर पत्ता लगाउन जीन सिक्वेन्सिङ गरेर परीक्षण तयारी गरिएको छ ।

जसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले पछिल्लो एक हप्तामा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका केशहरूको नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको डा. झाले बताए ।

‘पछिलो हप्ता पोजेटिभ देखिएका कोभिड केश सबैमा आरडीटी परीक्षण मात्रै गरिएको हो, अब पीसीआर परीक्षण र जीन सिक्वेन्सिङ गरेर कुन खालको भेटिएन्ट देखिएको पत्ता लगाउने निर्णय गरेका छौँ, जसको स्याम्पल काठमाडौं ल्याइएको छ’, महाशाखा प्रमुख डा. झाले भने ।

डा. झाकाअनुसार हालसम्म नेपालमा कुन खालको भेरियन्ट पत्ता लागिसकेको छैन । भारतमा भेटिएको भेरियण्ट पनि त्यति खतरनाक नभएको डब्लुएचओले जनाएको छ । अहिलेसम्मको भेरियण्टले खतरा निम्त्याउने अवस्था छैन ।

‘हामी डब्लुएचओसँग पनि निरन्तर सम्पर्कमा छौं’, उनले भने, ‘यस्तो सिरियस हुने अवस्था छैन । तर सामामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, मास्क लगाउने, स्यानिटाइजर लगाउनेसहितका सावधानी अपनाउन जरुरी छ ।’

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ३२ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका