घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव | Khabarhub Khabarhub

घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थानमा भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उनले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिए।
 
मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । उनले देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पारे। 

पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण  योजना दुई वर्ष सञ्चालनमा आएर विगत ३० वर्षदेखि बन्द रहेको बताए । उनले खानेपानी संस्थानमा  स्वामित्व हस्तान्तरण गरेसँगै यहाँका जनताले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गरे। 

संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका–१, २ र ३ का तीन हजार ५०० घरपरिवार लाभान्वित हुने जानकारी दिए । उनले मन्त्रालयको उद्देश्य एक घर एक धारामा शुद्ध खानेपानी पुर्‍याउने रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे। 
 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : ५७ बजे

राजेन्द्र पाण्डेको निष्कर्ष :‘कुलिङ पिरियड’ चलखेलमा सुरज दुरा, मीरा आचार्य र सुभास भट्टराई दोषी

काठमाडौं- संघीय निजामती सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भेटिएको निष्कर्षसहित जीवन

कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं– कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

काठमाडौं– दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको

‘कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्छ’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा

दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग

तनहुँ – दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ।