नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु « Khabarhub

नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध जवाफी ब्याटिङ थालेको छ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ थालेको हो । नेपालका ब्याट्सम्यान बसीर अहमदले पिचमा दौडेर नियम तोडेपछि पाएको १० रन पेनाल्टीबाट नेदरल्याण्ड्सले रन जोड्न सुरु गरेको हो ।

३.२ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले एक विकेटको क्षतिमा २४ रन जोडेको छ । नन्दन यादवको बलमा ललित राजवंशीले नेदरल्याण्ड्सका म्याक्स ओ’डोडलाई चार रनमा क्याचआउट गराएका हुन्‌ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध मध्यम स्कोर बनाएको हो। आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३६ रन जोडेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : २३ बजे

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने

काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी

बालेन दार्चुला पुग्दा स्थानीयको उत्साह (तस्बिरहरू)

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत