नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट « Khabarhub

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालविरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेदरल्याण्ड्स निरीह बनेको छ ।

नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान पेभेलियन फर्किरहेका छन्‌ ।

३६ ओभरको खेल सकिँदा ६ विकेट गुमाउँदै नेदरल्याण्ड्सले १४८ रन जोडेको छ । नेपालका बलर सन्दीप लामिछानेले ३१.६ ओभरमा नेदरल्याण्ड्सका तेजा निदामन्नरुलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट गराएका हुन्‌ ।

नेदरल्याण्ड्सका ओपनर म्याक्स’ओ डोडले ३.२ ओभरमा जम्मा चार रन जोड्दा नेपालका बलर नन्दन यादवले ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए ।

अर्का ओपनर मिचेल लेभिट क्रिजमा ११.३ ओभरसम्म टिके पनि जम्मा २७ रन बनाउँदै सन्दीप लामिछानेलाई लेग विफोर विकेट दिए ।

३६ रन जोडेका वेस्ली बारेसीलाई ललित राजवंशीले बसीर अहमदको हातबाट २०.२ ओभरमा क्याचआउट गराए । २१.४ ओभरमा लामिछानेले जेच लियोनको लेग विफोर विकेट लिए ।

दोस्रो विकेटका रूपमा राजवंशीले ३०.१ ओभरमा नेदरल्याण्ड्सका स्कट इडवार्डको विकेट लिए । ४७ बलमा ३० रन जोडेर इडवार्ड पेभेलियन फर्किएका थिए ।

३१.६ ओभरमा लामिछानेले नेदरल्याण्ड्सको छैठौँ विकेट लिए । ३६ बलमा १७ रन जोडेका तेजा निदामनुरु सन्दीपको बलमा कप्तान रोहित पौडेलबाट क्याचआउट भएका थिए ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : ४३ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती