भारतको ‘अपरेशन सिन्धूर’ले पाकिस्तानी आतंकको जरा हल्लायो | Khabarhub Khabarhub

भारतको ‘अपरेशन सिन्धूर’ले पाकिस्तानी आतंकको जरा हल्लायो


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्धूर’ले पाकिस्तानका आतंकी संरचनामाथि प्रहार गर्दै, दक्षिण एसियाको सुरक्षा परिदृश्यलाई फेरि एकपटक अन्तर्राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ। यो अपरेशनका क्रममा भारतले पाकिस्तानको भूमिमा रहेका उच्च जोखिमयुक्त हाइ डेन्सिटी बेल्टेड टार्गेट्सलाई निशाना बनाएको पुष्टि गर्दै, आत्मरक्षाको नाममा गरिएको यो कारबाही अब सैन्य इतिहासमा एक साहसिक कदमको रूपमा चिनिँदैछ। भारतीय सुरक्षा विश्लेषकहरूका अनुसार, यी टार्गेटहरूमा लश्कर-ए-तोयबासँग सम्बन्धित तालिम शिविर, आतंकी कमाण्ड कन्ट्रोल र दुर्गम भण्डारण केन्द्रहरू समावेश थिए।

यस सैन्य कारबाहीले पाकिस्तानमा लुकेर बसेका आतंकी समूहहरूलाई मात्र होइन, त्यसलाई समर्थन गर्ने संस्थागत संरचनालाई पनि गम्भीर सन्देश दिएको छ। यसपटकको स्ट्राइक ‘सर्जिकल’ नभई ‘सिस्टमेटिक’ शैलीमा सम्पन्न गरिएको देखिन्छ — जसले सीमित सटिक आक्रमणमार्फत दीर्घकालीन असार ल्याउने लक्ष्य राखेको थियो। भारतले यो अपरेशनको औपचारिक जानकारी सार्वजानिक नगरे पनि, विश्वका प्रमुख रणनीतिक सञ्जालमा यसको प्रभाव देखिन थालिसकेको छ।

यस घटनाक्रमलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा पनि बहस चर्किएको छ। कतिपयले भारतको यो कदमलाई आत्मरक्षा र क्षेत्रीय स्थायित्वका लागि आवश्यक ठानेका छन् भने, केहीले यसलाई तनाव बढाउने क्रियाकलापका रूपमा चित्रण गरेका छन्। पाकिस्तानले भने भारतको आक्रमणलाई ‘घातक उक्साहट’ भन्दै अन्तर्राष्ट्रिय समुदायबाट समर्थन खोज्ने प्रयास गरिरहेको छ। यद्यपि, लश्करका नेता सैफुल्लाह कसुरीको खुला सार्वजनिक उपस्थितिपछि पाकिस्तानको आतंकवादसँगको सम्बन्ध फेरि एकपटक उजागर भएको छ।

नेपालका लागि यो परिघटनाले सन्देश दिन्छ कि छिमेकी मुलुकको सुरक्षा नीति र आतंकी गतिविधिको प्रत्यक्ष असर भूराजनीतिक स्थायित्वमा पर्न सक्छ। नेपालजस्तो रणनीतिक रूपमा संवेदनशील देशले क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउने उद्देश्यसहित, आतंकविरोधी सहकार्यमा स्पष्ट नीति बनाउनुपर्ने अवस्था आएको छ। भारतको ‘अपरेशन सिन्धूर’ ले अब केवल दक्षिण एशियामै होइन, सम्पूर्ण विश्वको आतंकरहित समाज निर्माणको बहसमा नयाँ आयाम थपेको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : ०५ बजे

तालिबानद्वारा अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द

काबुल- तालिबानद्वारा अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द गरेको छ

‘हजारबाट सुरु भएको व्यापार पुँजी लाखौँ पुग्यो’

भद्रपुर (झापा)- “व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना

अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कार्यक्रम अन्तर्गत मंगलबार संयुक्त

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते

एजेन्सी – दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई

त्रिनगर नाकाबाट नौं हजारभन्दा बढी स्वदेश भित्रिए

गोदावरी– कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका