आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ जुलाई १० तारिख। गुरु पूर्णिमा। गुरु व्यासको जन्म जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लामो दूरीको यात्रा तय हुनेछ। तपाईंले थालेको काम बन्नेछ। धार्मिक स्थलको यात्रा हुनेछ। दान दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा ख्याल गर्नुपर्ने छ। खानपानमा नियमितता नहुँदा मन अशान्त बन्नेछ। पूर्वको यात्रामा संकट हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

मिथुन : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको आयोजना हुनेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले भने समस्या बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। हरेक क्षेत्रमा जिम्मेवारी बढ्ने छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षीविरुद्ध विजय प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मन प्रशन्न रहने छ। कला र गलाको प्रयोगबाट तपाईंको सम्मान बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

कन्या : दिन सामान्य छ। व्यापारमा अवरोध हुनेछ। परिवारको कार्यशैलीले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। राजनीतिक क्षेमा विवाद र झागडा नगर्नु राम्रो हुनेछ। धैर्यता नै सफलता हो भन्ने बुझ्नु आवश्यक छ।

तुला : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्दा स्वास्थ्यमा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको साथमा छोटो दूरीको यात्रा तय हुनेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। दिन राम्रो छ। बोलीको प्रभावले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। उदयमान चन्द्रमा भएकाले बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारमा खुशी मिल्नेछ। नयाँ कामको सुरुवात हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। सञ्चित धन खर्च हुनेछ। परिवारमा खर्च बढ्नेछ। ऋणको बोझले खानपानमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। मध्य साढेसाती दशा भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। शुभ ग्रहको बहुमत छ। आफूभन्दा ठुला व्यक्तिबाट आदर प्राप्त हुनेछ। सोचेका काम सफल बन्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। बोल्दा सोचेर बोल्नु उचित हुन्छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ५ : ०१ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का