क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा « Khabarhub

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै हाबी देखिएको पिएसजीले पहिलो २४ मिनेटमा नै तीन गोलको अग्रता लिएको थियो । छैटौँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएको थियो। रियलका रक्षक राउल एसेन्सियाको गल्तीका कारण उनले पहिलो गोल गरेका थिए ।

त्यसको तीन मिनेटपछि नै फ्रान्सेली विङ्गर ओसुमाने डेम्बेलेले अर्को गोल गरे । अक्राफ हाकिमी र डेम्बेले मिलेर बनाएको मुभमा रुइजले तेस्रो गोल गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा गोन्जालो रामोसले पिएसजीका लागि अन्तिम गोल गरे ।

पिएसजीविरुद्ध कमजोर देखिएको रियलले भने एक गोलसमेत फर्काउन सकेन ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ०३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता