चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी | Khabarhub Khabarhub

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी



आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न थालेछ- ‘दर्शन ढुंगा पचाउन सक्ने यो कुखुराले कुनै दिन मलाई निल्न के बेर ?’ सोच्दासोच्दै अत्तालिएर अचानक चिच्याउँछ- ‘गुहार गुहार…मलाई कुखुराबाट बचाऊ !’

परिवारजनले उसलाई मनोचिकित्सक कहाँ पु-याएछन्। सबै इतिवृतान्त सुनेपश्चात डाक्टरले कुखुराको घाँटी र पेटको चित्र बनाएर सम्झाएपछि मनोरोगी ढुक्क भएर घर फर्किएछ।

भोलिपल्ट मनोरोगी दोहो-याएर उही डाक्टरकोमा पुग्छ। डाक्टर सम्झाउँदै भन्छन्- ‘मैले चित्र समेत बनाएर तपाईंलाई सम्झाएको होइन, फेरि किन डराएको ?’ उसले भनेछ- ‘म पो पढेको मान्छे बुझ्छु। कुखुराले त पढेको छैन। उसले त जतिबेला पनि ममाथि आक्रमण गर्न सक्छ नि। के कुखुराको जिम्मा तपाईं लिन सक्नुहुन्छ ?’ अब ट्वाँ पर्ने पालो डाक्टरको थियो।

नेपालमा नेता र नागरिकको सम्बन्ध यिनै डाक्टर-मनरोगीको जस्तै छ। नेताले जुन ठाउँमा पुल बनाउने आश्वासन दिन्छन् , त्यहाँ खोला हुँदैन भन्ने सबैलाई घाँटी घाँटीसम्म थाहा छ। तीन सय ६४ दिन नेतालाई गाली गरेर चुनावका दिन तिनैलाई छाप हान्नु मतदाताको सानादेखि लागेको बानी हो। नेपालीले देश छोड्यो, धर्म छोड्यो, बाउआमा छोड्यो, प्रियतमा छोड्यो, सन्तान छोड्यो तर कसैगरी पुराना दलसँगको नातो तोडेन। तीनपुस्ता एउटै गोलचक्करमा हिँडिरहेको छ। नयाँहरु ताती नसक्दै सेलाउने सिल्भरको ताप्के बन्न थालेपछि त्यसको ब्याज तिनै बेजमानी भनिएकाको खातामा जम्मा हुने क्रम बढेको छ।

नेपाल मात्र विश्वको एउटा त्यस्तो मुलुक हो, जहाँको राज्यकोष बाटो हिँड्ने गफाडीको मर्जीमा चल्छ। मन्त्रीलाई नातो लाउन र सिंहदरबार धाउन अब्बल मानिसका व्यक्तिगत टिपोट र बजेटको शीर्षक हुबहु मिल्छ।

नेपाल मात्र विश्वको एउटा त्यस्तो मुलुक हो, जहाँको राज्यकोष बाटो हिँड्ने गफाडीको मर्जीमा चल्छ। मन्त्रीलाई नातो लाउन र सिंहदरबार धाउन अब्बल मानिसका व्यक्तिगत टिपोट र बजेटको शीर्षक हुबहु मिल्छ। खोलाको माछा भाग लगाए झैं राज्यकोषमै बजेट कोतर्ने काम शुरु हुन्छ। सेटिङसँगै उपभोक्ता समिति गठन हुन्छ।

प्रमाणिकरण गर्नेहरु बिल आउनुअघि नै कलममा मसी भरेर अधैर्य पर्खाइमा बस्छन्। जुन दृश्य हेर्दा लाग्छ- घोडा उछिनेर बग्गी कुदिरहेको छ।

अर्को भाषामा भन्दा असार कागजमा गरिएका विकासलाई कागजमै मिलाउने कर्मकाण्डी कामको मौसम हो। यो समय देशैभरका सरकारी कार्यालयका लेखा फाँट निदाउँदैनन्। लेखापरीक्षण भ्रष्टाचारको त्यो अखडा हो- जहाँ स्वर्गभित्र नर्कको बेहिसाव साम्राज्य छ। अरु घुस्याहालाई प्रहरीले ठिङ्गुरा ठोक्छ। तर महालेखापरीक्षण र आन्तरिक लेखापरीक्षण नेपथ्यको त्यस्तो रहस्यमयी गुफा हो, त्यहाँ सरकारका मानिसले सरकारकै मानिसलाई बेहिसाब छ्याकनको बन्दोबस्ती मिलाउँछन्।

असारको नाममा सबैका आँखा घर खर्च जोगाउन केन्द्रित छ। सिपाही-आईजीपी, माली-मुख्यसचिव, वडासदस्य-प्रधानमन्त्रीसम्म दुई सोख छ- काठमाडौंमा चारआना, चारपाङ्ग्रे आर्जन। यो दुई चीज प्राप्तिका जिन्दगीमा ताली पड्काउने बाहेक कुनै सीप नभएको मानिसले चाकरीको अभिनयमा शतप्रतिशत जीपीए सहजै प्राप्त गर्छ। त्यसै पनि हामी अंकमा कम र भावनामा बढी तरंगित हुने वर्गमा पर्छौं।

सिपाही-आईजीपी, माली-मुख्यसचिव, वडासदस्य-प्रधानमन्त्रीसम्म दुई सोख छ- काठमाडौंमा चारआना, चारपाङ्ग्रे आर्जन। यो दुई चीज प्राप्तिका जिन्दगीमा ताली पड्काउने बाहेक कुनै सीप नभएको मानिसले चाकरीको अभिनयमा शतप्रतिशत जीपीए सहजै प्राप्त गर्छ।

हाम्रो राजश्वको प्रमुख स्रोत भनेकै भन्सार बिन्दु हुन्। सत्तारुढका लिलामी धन्दामा सरुवा बढुवा चल्ने त्यो निकायमा हुने आन्तरिक रस्साकस्सीका आफ्नै चरित्र छन्। नेपाल बजारमा पाइने धेरै चीज महँगा छन्। वस्तुको लागत नभएर थोपरिएको भन्सार दररेटका कारण उपभोग्य सामान महँगिएको हो। भारतीय बजारमा १० लाखमा पाइने गाडी किन्न नेपालीले ३५ लाख खर्चिनु पर्छ। त्यसका लागि बैंकले कस्ने ब्याज उत्तिक्कै छ। दर्ता गर्न जाँदा यातायात कार्यालय लगाउने सवारी करले ढाड सेकाउँछ। अझ प्रदूषणको स्टीकर टाँसेको करले मुख बाउने गर्छ। राजश्वका यी ज्यानमारा कानुनले स्वभावतः दुई वर्ग जन्माउँछ। भारतबाट ९० रुपियाँको चीजवस्तु आयात गरेर १० रुपियाँको माल फर्काउने हुतिगतिका हामीले समृद्धिको मादल बजाएको दशकौं भइसक्यो।

जीडीपीमा पहिलो योगदान दिने कृषिक्षेत्र यति प्रताडित छ कि कृषिमन्त्री मागको एक चौथाई मात्र मल दिन सकेकोमा गौरव गर्छन्। किसानले पैसा दिन्छु मल देउ भन्दा पाइला पाइलामा मर्नुपर्ने अवस्था छ। चिचिलै नलाग्ने बीउले बजार पिटेको छ। बीउमै खेलाँची भएपछि बाली उत्पादन बेहाल हुनु अस्वाभाविक भएन।

इमान र उद्यम भए नामै नसुनेका मुलुकले अन्तर्राष्ट्रिय बजारमा निर्वाध प्रवेश पाउने रहेछन् भन्ने उदाहरणका लागि नेपाली बजार नै काफी छ। नेपालीले नामै नसुनेको पार्ओर्टो रिको नामक मुलुकबाट २१ करोड बढीको सामान आयात भएको छ। यस्तै सेन्ट हेलेना मुलुकले सामान पठाएर मूल्य चिनजानको नभएर चीजको हुन्छ भन्ने उदाहरण देखाएको छ।

जीडीपीमा पहिलो योगदान दिने कृषिक्षेत्र यति प्रताडित छ कि कृषिमन्त्री मागको एक चौथाई मात्र मल दिन सकेकोमा गौरव गर्छन्। किसानले पैसा दिन्छु मल देउ भन्दा पाइला पाइलामा मर्नुपर्ने अवस्था छ।

त्यसैगरी कोकोस, इस्टोनिया, इस्ट टिमोरबाट आएका सामान हाम्रो घरमा भित्रिएका छन्। लाओ पिपुल अफ टेमोक्र्याट, लाट्भियाले केचप, फूड सप्लिमेन्टदेखि नरिवलको जटाबाट बनेको मल पठाउँछन्। नवधनाढ्यहरु रमाउने गरेको छतखेती हराभरा गर्न गरिब अफ्रिकी मुलुकका पौरखीहरुको योगदान छ।

युरोप, अमेरिका, बेलायत, खाडी मुलुकदेखि आउने दूग्धजन्य पदार्थका नेपाली उपभोक्ता सोखी छन्। यता पाइने मासुजन्य पदार्थबाट तलतल नमेटिएपछि कोरिया, जापान, हङकङ, भियतनामबाट अक्टोपस आउँछ। हामी राष्ट्रिय फूल लालीगुराँसको बखान गाएर थाक्दैनौं, त्यो फूल नेदरल्याण्डमा आयात गरिँदो रहेछ।

युद्धले छियाछिया भएका इरान, इजरायल, अफगानिस्तान र युक्रेनले तेलहन, गेडागुडी र खजुरको आवश्यकता पूरा गरिदिएका छन्। डीभी चिठ्ठा, एमसीसी, तेल भिसा, टोप भिसा, विद्यार्थी भिसाका लागि बा-हैमास आफ्नो दूतावासमा बिन्तीपत्र शैलीमा परेड खेलाएको अमेरिकाले चामल, मकै, तरकारी, कफी र रुद्राक्षका बीउसम्म यहाँ पठाएको छ।

नेपालको राष्ट्रिय फूल लालीगुराँस नेदरल्याण्डबाट आउने गरेको छ। च्याउ-स्याउदेखि हुलुवाबेदसम्म चीनबाट आउँछ। नेपालीले गरिबको उपमा दिएर हियाउँदै आएको इथियोपियाबाट दर्जनौं वस्तुले नेपाली बजारमा प्रवेश पाउन थालेको छ। इथियोपिया एयरलाइन्स यतिबेला विश्वमै ख्यातीप्राप्त कम्पनीमा गनिन थालेको छ।

बेलायतले लोकतन्त्रको मानक मात्र नभएर आलु र दूधको पाउडर समेत पठाएर नेपालीलाई गुन लगाएको छ। इजरायल, इरान, अफगानिस्तान, युक्रेनका उत्पादन नेपाली बजारमा छ्यासछ्यास्ती रहँदा हाम्रो लोकतन्त्रका नाममा खुलेका दलीय सटरले जनतालाई फुट्न र लुट्न मात्र सिकाए।

बेलायतले लोकतन्त्रको मानक मात्र नभएर आलु र दूधको पाउडर समेत पठाएर नेपालीलाई गुन लगाएको छ। इजरायल, इरान, अफगानिस्तान, युक्रेनका उत्पादन नेपाली बजारमा छ्यासछ्यास्ती रहँदा हाम्रो लोकतन्त्रका नाममा खुलेका दलीय सटरले जनतालाई फुट्न र लुट्न मात्र सिकाए। एकपिन्ट रगत पाउन र ब्रम्हनालमा छिटो जल्नसमेत सिण्डिकेटभित्र पस्नुपर्छ। चिताको खरानी समान छ तर धुवाँमा राज्यसंयन्त्रले विभेद गरेको छ। जल्ने चिताको राजश्व अलग अलग छ।

जनसांख्यिक अवस्था यस्तो भयावह छ कि अब साइँलो, काइँलोको फुर्को झुण्ड्याएर सन्तान डाक्ने परम्पराको करिब करिब अन्त्य भइसकेको छ। कुनै दिन मलामीको काम भाडामा संघसंस्थामार्फत गरियो भने आश्चर्य नमाने हुन्छ। विदेशका १ सय ६६ मुलुकबाट सामान झिकाएर उपभोग गर्ने नेपालीले यहाँबाट विश्व बजारमा पठाएर आत्मगौरव गर्ने एउटा वस्तु छैन्। अमेरिकाबाट झिकाएको मकै खाने हैसियत बनाएका नेपालीले तोरीलाहुरे भएकोमा विषाद मान्ने कि अमेरिकाको मकै खान सकेकोमा आत्मरति ?

नेताहरु जूवाको दाउमा बसेका कौरवजस्ता छन्। देश द्रौपतीको सारीजस्तो बनाइएको छ। समाजमा सारी तान्ने दुशासनहरु बढेका छन्, सारी थप्ने कृष्णहरुको खडेरी पर्दै गएको छ। मेची-महाकाली सीमा छ। तथ्यांकमा झण्डै तीन करोड जनताको रेकर्ड छ, तर पाखुरी सात समुद्रपारी छ। देशमा रहेका युवाहरु दलका पाटपुर्जा बनेर रमाएका छन्। जेन जी पुस्तालाई आफ्नो स्वार्थबाहेक अरु विषयमा लेनदेन नै छैन। गफ गर्ने बाहेक अरु सीप नभएका कारण विदेशीएका नेपालीसस्तो श्रममा बेचिन बाध्य छन्।

राष्ट्रको जीवनमा गरिएको सानो भूल कति घातक हुन्छ भन्ने हेक्का नेताहरुले एकरत्ति राखेका छैनन्। उनीहरुलाई थाहा छैन, लाखौंको ज्यान गएको क्रिमियाको युद्ध निम्त्याउने जड एउटा ताल्चा थियो। जेरुसेलमको एक कुनामा रहेको गिर्जाघरको ढोकामा ताल्चा लगाएर साँचो राखेपछि त्यही साँचो खोस्न युद्धको विभत्स बीउ रोपिएको थियो।

त्यस्तै फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्स बढी मदिरा खाएर लठ्ठ हुनु मानिएको थियो। जात, क्षेत्र, भाषा, भूगोलका नाममा छरिएका सलाईका काँटी बाल्न जति रमाइलो थियो, त्यसको व्यवस्थापनकीय भाउँतो नेताहरुका लागि उठी सुख, न बसी सुख बनेको छ। नेताहरुले के बुझ्न जरुरी छ भने सफलता त्यो जमिनमुनिको पानी हो, जुन सय ठाउँमा एक मिटर खन्नाले मिल्दैन, बरु एक ठाउँमा सय मिटर खन्नाले प्राप्त हुन्छ।

जसरी आकासले जति पानी बर्साए पनि पृथ्वीसँग पिउने तागत हुन्छ, त्यसरी नै नेताको चुरीफुरी पचाउने सामर्थ्य जनतामा हुन्छ।

जसरी आकासले जति पानी बर्साए पनि पृथ्वीसँग पिउने तागत हुन्छ, त्यसरी नै नेताको चुरीफुरी पचाउने सामर्थ्य जनतामा हुन्छ। लोकतन्त्रको विश्वव्यापी मान्यताले भन्छ – जनता कहिल्यै गलत हुँदैन। शास्त्रले खबरदारी गरेको छ- ‘जो राजर्षि बनी देशको सेवा गर्छ, उसले गिद्धजस्तो दृष्टि, सिंहजस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आपूmमा राख्नुपर्छ।’

अर्जुनले श्रीकृष्णसँग प्रश्न गरेका थिए- ‘विष के हो ?’ कृष्णले जवाफ दिए- ‘जिन्दगीमा जुन वस्तु आवश्यकताभन्दा बढी हुन्छ, त्यो विष हो। चाहे त्यो धन, भोक, लालच, अभिमान, अल्छी, महत्वाकांक्षा, प्रेम होस् या घृणा।’ नीतिहरुको राजा राजनीति सङ्लिने छाँटकाँट छैन। संसद जस्तो सम्मानित ठाउँमा चोर करार गर्ने होड छ। पैसा तिरेर मल किन्छु भन्दा मल दिन नसक्ने कृषिमन्त्री हिलोको बखानमा प्रवचन दिन्छन्।

पारखीहरुको विश्लेषणमा कठिन आसन आश्वासन, लामो सास विश्वास, कठिन योग वियोग र राम्रो योग भनेको सहयोग हो। यदि संसारका कठिन छ भने चार काम छ। त्यो हो- कमिलाको ओठमा लिपिस्टिक लगाउने, हात्तीलाई काखमा लिने, मच्छरलाई लुगा लगाउने र अन्त्यमा पत्नी सम्झाउने।

सम्पत्ति छ- सुख छैन, प्रतिभा छ- प्रयास छैन, मुटु छ- ममता छैन, आँखा छ- दृष्टिकोण छैन, शरीर छ- स्वास्थ्य छैन, सन्तान छ- सन्तोष छैन, शिक्षा छ- ज्ञान छैन, सपना छ- यथार्थ छैन, बुद्धि छ- विवेक छैन, प्रार्थना छ- विश्वास छैन, जिउ छ- जाँगर छैन।

सम्पत्ति छ- सुख छैन, प्रतिभा छ- प्रयास छैन, मुटु छ- ममता छैन, आँखा छ- दृष्टिकोण छैन, शरीर छ- स्वास्थ्य छैन, सन्तान छ- सन्तोष छैन, शिक्षा छ- ज्ञान छैन, सपना छ- यथार्थ छैन, बुद्धि छ- विवेक छैन, प्रार्थना छ- विश्वास छैन, जिउ छ- जाँगर छैन।

देश किन सप्रिएन ? देशमा पटकपटक भएको राजनीतिक परिवर्तन जनताका खातिर किन कामयावी भएन ? जापान राजतन्त्रात्मक मुलुक भएर पनि समृद्धिमा उत्कृष्ट कसरी भयो ? अफगानिस्तान गणतन्त्रात्मक मुलुक भएर किन विकास भएन ? दलदले सिमसार सिंगापुर सुनको टुक्रो कसरी बन्यो, युक्रेन, रुस, इजरायलमा गोली चल्दा नेपालीको पकेट भ्वाङ पर्छ। डोनाल्ड ट्रम्प जंगिदा यताकाहरु मूर्छा पर्छन्। ६, ६ महिनामा भिजिट भिसा नवीकरण गर्नुपर्ने बाध्यताका सुकिलामुकिलाहरुले लाखौं डलर उता तारेको कसैलाई पत्तै हुन्न। हुन पनि बृद्ध बाआमाको अक्सिजन सिलिण्डर, बालबालिकाको दूधको बोतल, पत्नीको चन्द्रोहार बन्दोबस्त वाणिज्य बैंकले नभएर आइएमई र हुण्डीको बाटोले मिलाउँछ।

कहिल्यै पूरा हुन नसकेको मेलम्ची, खाल्डो नपुरिएको सडक, नारायणगढ-मुग्लिनको पहिरो, डाक्टरविनाको अस्पताल, च्याउ खाएर मृत्यु , पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने एजेण्डाको समाचार सुनेरै एउटा पुस्ता बुढो भइसक्यो। देश सरापेर नथाकेको युवा विमानस्थल पुग्दा राष्ट्रिय झण्डा बेरेर जहाज चढ्छ। मुलुकको राजनीति कति धराप जमिनमा उभिएको छ भने एउटा देशको पाहुना विमानस्थल पुगेर जहाज चढिसकेको हुँदैन, अर्को आएर थर्काउँछ।

नेताहरु कमैयाशैलीमा टाउको निहुराएर बस्न बाध्य छन्। नेपाल सरकारका कुनै पनि निर्णय कार्यालयमा हुन छोडेको वर्षौं भइसक्यो। न कार्यालय समयमा नै जनताका हितमा काम हुन्छन्। जब कार्यालय समय र कार्यालय छलेर मुलुकका निर्णय लिन तेस्रो ठाउँ रोजिन्छ भने अरु बिग्रन बाँकी के होला र खै ?

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ९ : ०७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं