बागलुङको रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालन | Khabarhub Khabarhub

बागलुङको रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालन


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । नेत्रहीनले मागेर होइन पौरख गर्न सक्छन् भन्ने सन्देश दिने उद्देश्यले नगरको सहयोगमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

    ‘सक्दैनौँ नहेर हेपेर
    हामीलाई अपाङ्ग देखेर’

नेत्रहीन सङ्घ बागलुङका पूर्वअध्यक्ष हरिदत्त शर्माले नेत्रहीनले स्थापना गरेको उक्त उद्योगको उद्घाटनसत्रमा स्वागत गर्दै उक्त गीतको अंश उच्चारण गरेका थिए। अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोणलाई बदल्न उद्योग सञ्चालनमा ल्याइ स्वरोजगारीमार्फत सहज रूपमा जीवनयापन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको उनले बताए। 
    
शर्माले गीतमा भने जस्तै अब नेत्रहीन मागेर हैन पौरख गर्न सक्दछ भन्ने सन्देश दिने अभिप्रायले नगरपालिकाले सहयोग गरेको नगर कार्यालयले जनाएको छ । तत्काल चार जनालाई रोजगारी दिनेगरी रु आठ लाख लागतमा कपडा धुनका लागि प्रयोग गरिने सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्‌घाटन गरेका थिए । 

नगरप्रमुख श्रेष्ठले उद्योग स्थापनामा सघाएको बागलुङ नगरपालिकाले उद्योगबाट उत्पादन भएको सरफको बजारीकरणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नगरले सोही सरफ प्रयोग गर्ने जनाउँदै बागलुङ बजारमा सरफको बजारीकरणमा नगरले सहजीकरण र समन्वय गर्ने बताए। उनले उद्योगको निरन्तरताका लागि नेत्रहीन सङ्घ सक्रिय भएर लाग्न आग्रह गरे।  

एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । उद्योग स्थापनाका लागि नगरले रु चार लाख सहयोग गरेको यहाँस्थित नेत्रहीन सङ्घका सचिव विकल थापाले बताए। उनका अनुसार आगामी दिनमा बागलुङका दृष्टिविहीन मागेर हैन गरेर खाने अवस्थामा पुग्ने विश्वास व्यक्त गरे। 

‘अब दृष्टिविहीनहरू चोकमा गीत गाउँदै माग्दै हिँडेर भएन, उद्योगमा उत्पादन भएको सरफको बजारीकरण गर्दै हिँड्न पर्‍यो, कालिका शक्ति सरफ उत्पादन गरी बजारमा ल्याएका छौँ, हरेक दिन तीन सय प्याकेट उत्पादन क्षमता रहेको यस उद्योगलाई नगरले रु चार लाख सहयोग गरेको छ’, थापाले भने, ‘बजारीकरणमा नगरले सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले नेत्रहीन साथीहरूले पनि कर्मचारीको सहयोगमा ‘प्याकेजिङ’ तथा बजारीकरणमा सघाउन सक्नेछन् ।’

नेत्रहीन सङ्घका अध्यक्ष कुमार पुनले अब नेत्रहीन साथीहरू उद्यमी बन्ने वातावरण सङ्घले तयार गरेको बताए। उनले नगरपालिकाले दिएको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको जनाउँदै नेत्रहीनहरूले कम्तीमा घर खर्च चलाउने वातावरण सृजना गर्न उद्योग सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ–३ का वडाध्यक्ष लक्ष्मण केसी, पत्रकार महासङ्घ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, अपाङ्ग सरोकार सङ्घका अध्यक्ष चिजा थापा र टीकाराम सापकोटालगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । 

नेत्रहीन सङ्घ बागलुङका अध्यक्ष कमल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पूर्वअध्यक्ष शर्माले स्वागत र सचिव थापाले कार्यक्रम सञ्चालन गरेका थिए । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १२ : ३२ बजे

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार